प्रिय,
जुन दिन तिमी गयौ
त्यही दिन मेरो
चुरा फुट्यो
सिउदो पुछीयो
रातो लाउने सपना टुट्यो
अनी जिन्गदी नै लुटियो
प्रिय ,
दिन बित्दै गयो
घरमा छोरो खाने
अलछिनाई भन्न थालियो
राणी राणिको अपशब्द सुन्न पर्यो
प्रिय,
फेरी पनि सहनु नै थियो
सहदै बसे
एकदिनको कुरा रातीको मध्यरातमा
म तिमीसंग थिए मेरो सपनीमा
कोही आयो ढोका ढकढकायो
बाहीर हेरेको पुरै गाउ रहिछ
फेरी आवाज आयो
यो बोक्सी हो भनी
मलाई पिटियो
पहिला हातले
अनी लातले फेरी दाउरै दाउराले
फेरी घर छेउको बोटमा बानेर
पिट्न सुरु गरीयो
मेरो संबेदशिल अंग अंग समेत नछोडेर,
रोए कराए
तर कसैले सुनेन बरु
फर्कियो मेरै आवाजपारी
पारीको डंडामा टोकीएर
प्रिय
बस्न सकीन घरमा
छोरीलाई काखमा च्यापी
हिडे घर नै छाडी
कहाँ हो कहाँ
तर भाग्ये डोराएको ठाँउमा
प्रिय,
काम त पाए एक
तर फेरी एक दिन
साहुलले जबर्जस्ती गर्यो
यो राणीको नभाएको
ईज्यत रागताम्य हुनेगरी लुट्यो
प्रिय ,
काम छोडे
सहर पसे
थर थाहा नै नपाई
राणी संगै आफु कहिले रण्डी पनि बने
प्रिय,
छोरी सानी छे
उसलाई के असर परेको छ होला
उसकी आमाले शरीर बेचीरहेको बेला
मलाई सोच्दा पनि आँसु आउछ
तर म बाध्य छु प्रिय
न मर्न सकेकी छु न बाच्न
प्रिय,
जब म मर्नेछु
तिमी भएको ठाउमा पुग्ने छु
कतै तिमीले पनि मलाई
रण्डी भनेर त्याग्ने त होईन ?
हो प्रिय मलाई डर छ
तिम्री उही सति जाननसकेकी राणी !!!
No comments:
Post a Comment