मान्छेहरु यहाँ
आफैलाई बेचिरहेका छन्
अरुलाई किन्नलाई ।
मान्छेहरु यहाँ
पल पल मरिरहेछन्
एकदिन बाच्नलाई ।
एक सपना जिन्दगीको
खुसी कमाउने
अर्को सपना मृतुको
मृतु पोछी नाम कमाउने ।
होडबाजीमा लागेका मान्छेहरु
अरुलाई मान्छे देख्दैनन्
सपनामा बाचेमा मान्छेहरु
ब्युजिएर बिपना देख्न चाहादैनन् ।
एक टुक्रा कपडाले आफैलाई
ढाकेर मान्छेहरु
आफू नाङ्गो छु भन्ने भुलीरहेछन्
टुटको ऐना अगाडी बसेर
मान्छेहरु आफ्नो अरुवारको
दाग मेटाईरहेका छन् ।
सायद यही नै होला
मान्छेहरुको यथार्थ
सायद यदी नै सिके होलान्
मान्छेहरुले भ्रमा मात्र बाच्न ।