Monday, May 25, 2015

मान्छेहरु

मान्छेहरु यहाँ 
आफैलाई बेचिरहेका छन्
अरुलाई किन्नलाई ।

मान्छेहरु यहाँ
पल पल मरिरहेछन्
एकदिन बाच्नलाई ।

एक सपना जिन्दगीको
खुसी कमाउने
अर्को सपना मृतुको
मृतु पोछी नाम कमाउने ।

होडबाजीमा लागेका मान्छेहरु
अरुलाई मान्छे देख्दैनन्
सपनामा बाचेमा मान्छेहरु
ब्युजिएर बिपना देख्न चाहादैनन् ।

एक टुक्रा कपडाले आफैलाई
ढाकेर मान्छेहरु 
आफू नाङ्गो छु भन्ने भुलीरहेछन् 

टुटको ऐना अगाडी बसेर
मान्छेहरु आफ्नो अरुवारको
दाग मेटाईरहेका छन् ।

सायद यही नै होला 
मान्छेहरुको यथार्थ
सायद यदी नै सिके होलान् 
मान्छेहरुले भ्रमा मात्र बाच्न ।









Wednesday, May 20, 2015

मेरो कोठा

केहि तस्बिर झुन्डिएको भित्ता तल सानो खाट यत्र तत्र फालिएका लुगाहरु कुनामा हस्तमैथुनको ब्रिय्य लागेका टिस्यु पेपरहरुको टुक्रा सिरानी र त्यसको तल प्रयोग हुन नपाएका कन्डमहरु
हो यो मेरो कोठा हो जसमा बसेर मैले हजार सपना देखेको छु आफैसंग हासेको छु, आफैसंग रोएको छु कहिले यो कोठा मेरो लागि स्वर्ग बन्छ र कहिले आफै नर्क बन्छ
छेउको टेबल अनी एउटा त्यसमा कम्पुटर अनी संगै छितारिएका ब्लु फलिमका सिडिहरु कुनामा ऐना जस्ले म जस्तो आकृती देखउछ तर खै किन अक्षर चाहि उल्टो देखाउछ जता ततै फालिएका चुरोटका ठुटा र खरानी अनी अर्को कुनामा गनाएको मोजा
हो यो मेरो कोठा हो जसमा मैले मेरो संसार पाएको छु आफैमा रमाएको छू आफैमा हराएको छु कहिले एक्लै यहि मजाले हासेको छु कहिले हजार थोपा आशु यहि बगाएको छु हो यो मेरो कोठा हो मेरो आफ्नै संसार हो हो यो मेरो कोठा हो यस्ले मेरो व्यक्तित्व झल्काउदो हो ।

Tuesday, May 19, 2015

पसिना

बुटवलबाट भैरहवा आउने बस
ठुटीपिपलमा रोकिन्छ
अनी ,
चढ्छन् एक हुल मानिस
डुङ्ग मिहेनतको पसिना गनाउदै
निरास मिहेनतको थकिन अनुवार लिदै
तर ,
ऊनीहरुलाई के थाहा
यहाबाट टाढा धेरै टाढा
केन्दमा एक एर्का हुल छन्
जो यिनिको अधिकार भन्दै
यीनका अनुवारमा
हिम्सा रोप्न खोज्दैछन्
यिनका अधिकारको नामना
मिहेनेती हातमा
हतियार दिन खोज्दै छन्
यिनको मिहेनतको पसिनाको ठाउमा
रगतको गन्द फैलाउन खोज्दै छन् ।