Thursday, June 11, 2015

कथा : दबेको आवाज

               अचानक एक दिन बिहानै अमरले आत्म हत्या गरेको खबर टोलभरी फैलिन थाल्यो । मान्छेहरु आफ्नै आफ्नै अड्कल काट्न थाले । कोहीले भन्थे "कस्तो कातर रैछ हिम्मत नभएको ।" फेरी अर्कोले त्यसमै थप्यो "भुत्रो कातर हो आफैलाई मार्ने खुबी हुन र मुटु र हिम्मत चाहिन्छ ।"

             अर्को आवाज आउथ्यो "मर्ने त मरेर गयो उसकी बुढीको र छोछोरीको के होला अब!"

             यस्ता धेरै अड्कलवाज र बहस हुन थाले । सबै जना अच्म्मित थिए । आखिर अमर किन मर्यो त ! मर्नु पर्ने तेती ठुलो कारण त थिएन । पैसा र धनसम्पतीको मामिलामा उ सम्पन्न नै थियो । दुईवाटा बच्चा त्यो पनि जुम्लिया छोरा र छोरी थिए उसका । स्वास्नी पनि अरुकी भन्दा राम्री नै थिई । अं साच्ची ! अड्कल काट्नेले त "मुर्दारलाई छोछोरीको अनुवार पनि याद आएनछ र मर्यो" पनि भनेका थिए । के सच्ची उसलाई सबै कुराबाट मन मरेको थियो त ? 

              उसको आत्म हत्या रहस्य  भएको थियो । के थियो कारण ? कतै यो हत्या त होईन ? हत्या भए कसले मार्यो उसलाई ? यस्ता बहसपनि थुप्रो चले टोलमा ।

                तर एउटा कुरा साफ थियो बितेको केही समयलाई पछाडी फर्केर हेर्ने हो भनी अमर अली महिना बाट त्यती खुसी देखिन्थेन । केही कारण थियो जसले उसको हसिलो अनुवारलाई कालो बनाउदै मृत्यु संम पुरायो । हुन त उसकी छिमेकीकी स्वास्नीले दिन दिनै टोलका अरु आइमाईलाई कुरा काट्दा उसको घरमा आजकल दिन दिनै झगडाको आवाज सुनिने कुरा गर्थिन् । 

               भएको के थियो कसैले चाल पाएन टोलमा र त्यो आत्महत्या नै साबित भयो । दिन बित्दै गयो हरेक डुबेको सुर्यसंगै र  अर्को दिनको उदाउदो  सुर्यसंगै । मान्छेहरुले उसलाई बिस्तारै भुल्दै पनि गए । हुन पनि कसलाई फुर्सद यहाँ अरुको बारेमा सोच्ने र सम्झने । हरेकको आफ्नै कथा , ब्यथा र पिर छ । मरे पोछि एक दुई दिन हाई हाई कमाउछन् मान्छेले समाजमा , पोछी त कहिले काही कोही कोही बाहेक सबको दिमागबाट बाई बाई हो ।अमर पनि त्यस्तै भयो ।

               तर फेरी अचानक एक दिन सारा टोलको ध्यान अमरकै घरले तान्यो । टोलमा गाँई गुँई हुन लाग्यो । ना ना थरीको अड्कलबाजी र बहस सुरु भए । 

          "अमरकी स्वासी त पोईला गई रे !"

           कुरा काट्ने र बहस गर्नमा सक्रिय यसपाली भने आईमाईहरु धेरै थिए ।

         "नाठीलाई पोई मरेको ६ महिना न हुदै अर्को नाठो संग गई ।"

        "बाहिर नाठो राखेकी रैछ र पो पोईलाई खाई "

        "कति नृदही र धिन लाग्दी रैचे आईमाईको नाममा कलङ्क"


                यस्ता धेरै कुराहरु टोलका घर घरमा बिशेष गरेर जहा आईमाईको जमघट हुन्थ्यो त्यहा सुनिन थाल्यो ।

            हुन त उसका पक्षका मान्छे पनि थिए । "स्वास्नी मरे लोग्नेले अर्की ल्याउन हुने लोग्ने मर्दा स्वासनीले किन नहुने । जवानी थियो गइ  के बिराई" पनि भन्थे मान्छेहरु ।


------------------------------------------------------------------------------------------------------------

           कथाले फेरी अर्को मोढ लियो । अमर मरेको करिब आठ महिना पोछी एक दिन फेरी अर्को हल्ला फैलियो । उसकी स्वास्नीलाई पुलिसले लग्यो रे ! यसपाली चाही हल्ला पत्रिकामै छापिएको थियो र यो कुरा हल्ला नभएर साँचो पनि थियो ।

              हुन पनि अब चाही मान्छेहरुमा पक्का प्रश्नवाचक चिन्न बनेको थियो "के अमरको हत्या उसकी स्वास्नीले गरेको हो ? अथवा के त्यो आत्म हत्या नै थियो ?

            अमरकी स्वास्नीलाई पुलिसले लगेर बिभिन्न केरकार गर्न सुरु गर्यो । अनेकौ कोसीस पोछी उसले स्वास्नीले बयान दिन तयार भई !

            उनीहरुको प्रेम बिवाह भएको थियो । बिवाहको अली समय सम्बन्ध धेरै नै राम्रो थयो । यसै बिचमा दुई वटा जुम्लिया बच्चा पनि जन्मिए । तर सम्बन्धले अचानक अर्कै मोढ लियो जब अमरकी स्वास्नी को पुरानो प्रेमी उनिहरुको जिवनमा भिलेन भनेर आयो ।


            हुन त उसले अमरलाई आफ्नो पुरानो प्रेमीको बारेमा भन्न त पहिले नै भनेकी थि । जसले उसको शरिरको हरेक पटक जहा र जसरी मिल्छ लिनु फाइदा लिने गरेको थियो । तर रस जति निलेर छोक्रा बनाएर छोडेको थियो । यसै बिचमा अमर संग भेट भयो । उसलाई सबै कुरा भनी । प्रेम बस्यो । बिहे भयो । अनी दुईवाटा जुम्लिया बच्चा भयो ।


            तर आफ्नो पहिलो प्रेम जसलाई आफ्नो कुमारीत्व सुम्पिएको मान्छे  कुनै पनि स्त्रीलाई भुल्न गार्हो हुन्छ ।  उसलाई पनि त्यस्तै भयो ।

          पुरानो प्रेमीले आफू संग संपर्क बढाए लगतै आफ्नो पतिलाई दुश्मन जस्तो देख्न थाली । पतिले छुएको समेत मन पर्न छोड्यो । यती संम कि बच्चाहरुको पनि माया लाग्न कम हुदै गयो । त्यसको परिणाम घरमा दिनदिनै झगडा ।

   
               कुरा यती भयानक हुदै गयो की आफ्नै पतिलाई उसले बारम्बार तैले मलाई बलत्कार गर्छस् भनेर झुटो आरोप लगाउछु र समाजमा तलाई ध्वस्त पार्छु भनेर दिन रात धम्की दिन थाली । उसको पति लाचार हुदै गएको थियो । प्रेम को बदलामा उसले दिन रात घृणा मात्र पाउथ्यो । हुन पनि स्त्रीले भनेपोछी कानुनले पनि सोझै  पुरुषलाई बलत्कारको मुद्धामा कारवाई अगाडी बढाई हाल्छ । बिचर अमर गरुस् पनि के ।

             यसरी अमर दिन दिनै आफ्ने स्वास्नीबाट हुने मानसिक हिंसको सिकार हुदै गएरहेको थियो । यती सम्म कि राती बिस्तरामा उनीहरु संगे सुत्थे । कुनै दिन शाररिक संपर्क भई हाल्यो भने पनि राति उसकी स्वास्नीले उती नै खेर "य्यु रेपर य्यु रेप मी ....." यस्तै भन्दै रुवाईको तान्डव गर्थी । त्यसोपोछी चाही एउटेै कोठामा पनि उनीहरु संगै सुत्न छाडेका थिए ।

            एक दिन अत्ति भएर अमरले आफ्नी स्वास्नीलाई भन्यो "हामी छुट्टियौ तर बच्चा मलाई चाहिन्छ । म तिमीलाई जति सम्पत्ति चाहिन्छ दिन्छु । उसैसंग बिहे गरेर बस ।"

             अमरले यती के भनेको थुयो फेरी उसकी स्वास्नीले तान्डव सुरु गरी  । वास्तबमा उसको पुरानो प्रेमी उसलाई बिहे गर्न कुनै पनि हालतमा तयार थिएन । नत्र उ अमरलाई छोडेर कहिले उसैसंग गई सक्थी ।

          अमरले छुट्टियौ भनेको दिन उसले यस्तो काम गरी जुन कसैले कल्पना समेत गर्न सक्थेन । उसले त्यसै दिन अमरको एउटा साथिलाई फोन गरेर बोलाई । र , आफ्नै पतिको मिल्ने साथिसंग मिलेर आफ्नो ईमान, इज्यत सबै भुलेर शरिरको एउटा झुटो प्यास मेटाई ।


          जब अमरले यो कुरा थाहा पायो उसको दिमागले काम गरेन । मात्र उसको सोचाईमा उसले सुनेको कुरा आयो । उसले सुनेको थियो सम्बन्धको  कुरामा लोग्ने मान्छे भन्दा आईमाई धेरै गुना ईमान्दार हुन्छन् । तर यहा उल्टो भयो । उसकै स्वास्नी जसले बिहे अर्कै संग गरी , प्रेम अर्कैलाई गर्छे र शरिर अर्कैलाई । फेरी उसलाई आफ्नै मिल्ने साथीको याद आयो जसलाई उसले आफैलाई भन्दा बढी बिस्वास गर्थ्यो उसले नै आफ्नै स्वास्नी संग मिलेर आफुमाथी तेत्रो घात गर्ला सोचेको पनि थिएन । आफू जताततैबाट बलकृत भएको आभास भो अमरलाई । संसार उसले एकदम कालो देख्न थाल्यो । केही सोचेन डोरी खोज्यो । घर पछाडीको रुखमा गएर संसार छोड्यो ।


         कथा यही सकिएन । अमर मरेको छ महिना पोछी उसकी स्वास्नीलेे उसकै त्यही साथीसंग बिहे गरी । बच्चालाई होस्टेलमा राखी। उसको प्रेमी कहा गयो उसलाई पनि थाहा भएन ।

           जब पुलिसमा उसले दिएको बयानको आधारमा यो कथा बहिर आयो । अनि फेरी समाजले अर्को कुरा सोच्नै पर्ने देखियो । बहस र बिवाद त ठाँउ ठाँउका चियापसल देखी भट्टीपसल संम हुन्थ्यो । तर एक जनाले भनी रक्सीको तालमा खुब मजाको कुरा गर्यो । समाजमा नारी हिंसाका कुरा खुब भए । अब पुरुषमाथी हुने हिंसाको पनि कुरा गर्ने बेला आएको हो की ?

No comments:

Post a Comment