Thursday, December 25, 2014

भिकारी को ?

(टिन्... टिङ्....)

      “यो बिहानको घण्टिको आवाजले जहिले हैरान गर्ने भो । कहिल्य राम्रो संग सुत्न नपाउने भइयो बा .... ।” यस्तै सोच्दै एक दिन बिहानको मेरो निन्द्रा खुल्यो ।राती को रक्सी को ह्याङ अझै बाकी नै थियो । त्यो भन्दा ह्याङ कोठा नजिकको मन्दिरको आवाजले गरेको थियो। फेरी चार / पाँच दिन देखी मन्दिरमा खै केको हो पुजा चल्दै थियो त्यसले गर्दा बिहानको चार बजे देखी नै ठूलो ठूलो आवाजमा भजन र पुजा हुने गर्थ्यो । कती कती बेला त गएर पुरै साउन्ड सिस्टमनै फुटालु जस्तो पनी हुन्थ्यो ।


                 टेबलबाट खुकुरी चुरोट को एक खिल्ली निकाले । सल्काए। अनी फ्वाँ.. फ्वाँ... धुवा उडाउँदै ट्वाइलेट छिरेँ । बिहानको सबै काम सकेर गोजी हेर्छु म संग जम्मा पचास रुपैया रहिछ । “थुक्क फेरी ए.टि.एम्. जानु पर्ने भो “ आफै संग भन्छु । ए.टि.एम्. मेरो कोठाबाट टाढा थिएन तर मन्दरको छैउमा थियो । त्यहि कारण मलाई जान मन लागेको थिएन । तर जानै पर्ने वाध्यता । गर्मी महिना बिहानको सुर्य निकै आकर्मक शैली मा माथी जाने सुर गर्दै थियो । घडि हेर्छु आठ बजेको सङ्केत गर्छ । म कोठा मा तल्चा मारेर निस्कन्छु ।                  
          नाजिकको ए.टि.एम्. थियो पहिलो गन्तब्य । “दान गरौ पुन्य कमाऊ” लेखेको बोर्ड संग ठोकिन्छ मेरो आखाँ सुरुमै । त्यसपछी पुजाका अनेकौ तम् झम् र रङ्गि पतका अनी पुजामा आउने मनिस को भिड ।

                    सबै छिवल्दै म हिड्छु र अन्तिममा देख्छु पुजाको मन्च त्यहाँ एक जना पहेंलो कपडा लगाएको मानिस जस्को खुट्टामा सबैले ढोग्दै थिए । अनि तिनी मानिसको मुखबाट निक्लेको केहि शब्द पनी मेरो कान मा ठोक्कियो । “ गारिबी भनेको एउटा रोग हो । यस्लाई निर्मुल गर्नै पर्छ । त्यसैले आउनुस् दान् गर्नुस् र गारिबको सहायोग गर्नुस । “ यस्तै भन्दै थिए तिनी पंहेलो कपडाधारी मानिस । “नेता र पण्डित उस्तै” मन मनै भने । फेरी म अगाडी बढ्छु ए.टि.एम्. तिर । ए.टि.एम्. को नजिक के पुगेको थिए एउटा दृश्य आखाँमा पर्यो जस्लाई नकारेर हिड्न मलाई गर्हो थियो ।

                             एउटा बच्चा रुँदै आफ्नो आमाको स्तन चुस्दै थियो। तर खै स्तनबाट दुध आएको थिएन होला सायद् त्यहि भएर झन् रुँदै कती बेला दाहिने कती बेला देब्रे स्तन कोसिस् गरेको थियो ।
               
तस्विरः स्रोत  -गुगुल
                     त्यो भन्दा पनी हेर्न लयक दृश्य थियो उस्को आमाको थियो । उस्को हालत् देखेर लाग्थ्यो धैरै दिन देखी उस्को पेटमा केहि अन्न परेको छैन । सोचे “बिचरी यीनी आमा आफ्नै पेटमा केही परेको छैन बच्चालाई कहाँबाट पुराउन्” । “ए के हेरेको सक्छौ भने मलाई सहायोग गर नत्र तमाशा नहेर “ मैले हेरेको थाहा पाएर ती आमाले भनिन् । “गोजीमा पचासको नोट बाहेक सुको छैन कहाँ बाट दिम् । आफु त महादेब उत्तानो पर् कस्ले देला बर ।“ उखान याद आयो मनमा । त्यहाँबाट हुड्न खोज्छु । तर मन मानेन । याद आयो म त ए.टि.एम्. पो जानु लाको पैसा निकाल्न । “लौ जा.... जे हुन्छ हुन्छ पचासै रुपैया दिन्छु “ । यस्तो सोचिन मात्र दिए पनी । पछाडी आवाज आँउछ “दान गरौ पुन्य कमाउ” ।

                                 मन हलुका थियो पैसा दिएको कुनै पछुतो थिएन । तर त्यो आमा चाहि पक्कै मनमा थिईन् । “च्यातिएको कपडा ठाउँ ठाऊँमा शरिर देखीने । कालो ध्वाँसो लागेको जस्तो अनुवार । हातमा पाँच / छ महिनाको नाङ्गो बच्चा । अनि आउने जाने संग केहि आशा गरेर केहि मागिरहेको आशाबादी आँखा”। वास्तबमा ए.टि.एम्. लाई पहिलो गन्तब्य बनाएर हिडेको म तर त्यो भन्दा पहिले नै धैरै गन्तब्य बनाईसकेको रहिछु जस्तो लग्यो । 

                अनि खै के के सोच्दै त्यहा बाट हिड्छु । सोच्दा सोच्दै ए.टि.एम्. आँउछ । सानो लाईन थियो । एक पोछी अर्को गर्दै मेरो पालो आयो । ए.टि.एम्. कार्ड हाल्छू । पिन नं. पनि थिच्छु । तर पैसा निस्कन । फेरी कोसिस गर्छु। नाई निस्कनै मान्दैन । ब्यालेन्स चेक गर्छु । लौ खा ! एकाउन्ट त रित्तो पो रहिछ ! “अब के गर्ने ?” आफैलाई सोध्छु । अनि दिमागमा झस्स याद आयो अस्ति नै मैले पुरै खाता रित्ताएको । मन मनै भन्छु “कस्तो भुल्कक्ड भएछु ।रिता दिदीले त भन्थिन् तैले रक्सी होइन रक्सीले तँलाई खाँदै छ ।“ बल्ल ठिक हो जस्तो लग्यो । अब के गर्ने फेरी पैसा भएन भने साह्रै दुःख हुन्छ । पहिले नै धेरै अनुभब छ म संग।

                 फर्किदा हेर्छु त्यो भिक मग्दै गरेकी आमाले बच्चालाई दुध केनेर खुवाउदै हुन्छिन् । “सायद अहिले म भन्दा धनी थिइन् होला तिनी” भनेर सोच्छु । अगाडि बढ्दै जाँदा धैरै कुरा मेरो आँखा मा ठोकिन्छन् । “कहि जोगी हरु मस्त गाँजा फुक्दै थिए चिलिममा । कहि भने भिकारीहरु पैसा माग्दै थिए । फेरी अर्को ठाँउमा बाँदरहरु मजाले खेल्दै थिए । अनी कतै ठुलो ठुलो स्वरमा मानिसहरु भगवानसंग के-के माग्दै थिए। पर छेउमा कुकुरहरु भुईमा केही खाने कुरा खोज्दै थिए” ।

                   सोच्छु "यो निर्नन्तर चल्ने प्रकिया हो यो । फेरी यो गरीबी भएन भने कस्ले कस्लाई गन्ने यहाँ । बिना घाम छाया नभए जस्तै बिना पैसा गरिबी हुदैन । अनी बिना गरिबी कोहि धनी पनि हुदैन । तर खै ! को हो यहाँ धनी ! म त सबैमा भिकरी मात्र देख्छु । फरक यत्ती हो कही भगवान संग भिख माग्दै थिए कोही मन्छे संग । फेरी ठुलो ठुलो दान र प्रसादको बानी लागेको भगवानले कस्को कुरा सुन्ने । भगवान् पनि भ्रस्टचारी पो रहिछन् तर खै उसलाई कुन अख्तियारले मुद्दा हाल्ने । सायद ‘ओ माई गड’ को परेस रावल भएको भए मै हाल्थे होला”। हास्छु मन मनै ।
         अली अगाडि बड्छु , खोलाको छेउमा एउटा लाश जल्दै थियो । एकछिन त्यो दृश्य हेर्छु , लाग्यो “सायद एउटा परम सत्य भनेको मृतु मात्र हो कि !  फेरी के थाहा त्यो सत्य नै हो भन्ने कुरा !! कस्ले देखेको छ र मृतु ? हुन साक्छ त्यो झन महा झुट पो हो की !” तर जिवन के हो र म को हु भन्ने प्रश्न चाहि मेरो मनमा मजाले आएको थियो त्यो बेला ।
    एकछिन त मनमा  “म शरिर होइन किनाभने म शरिर भएको भए त्यो जलिरहेको मान्छे पनि शरिर हो तर जसरि ऊ हुन्न अबको केही समयमा त्यसरी नै म पनि हुन्न कुनै दिन।“ भन्ने सोच आयो तर धेरैबेर टिक्न सकेन त्यो सोच किनभने मलाई भोक लागेको थियो र भोक शरिरलाई लाग्छ । अनि झट्ट लाग्यो "के त्यो जलीरहेको शरिरलाई भोक लाग्ला र ?" त्यो प्रश्नको उत्तर के हो म जान्दिन किनभने म मरेको छैन र म जलेको छैन ।  
              फर्किन्छु त्यहि बाटो जुन बाटो गएको थिए यानिकी मन्दिरको बाटो । हेर्छु मान्छेको ठुलै भिड बडिसकेको थियो । मञ्चमा बसेका गुरु के के भन्दै थिए खै बिचमा भगवान कृष्ण र गिता भनेको मात्र बुझेको थिए मैले तर हुनै सरोकार थिएन मलाई त्यो कुरा संग। मन्दिरको गेटमा ठुलो दान पेटीका पनि थियो , पेटीकाको छेउमा दुईवटा रातो कुर्ची , अनी कुर्चिमा दुईजान मनिस । निदारमा हलुका पहेलो भन्नु की सुन्तला भन्नु रंगको टिका पनि ख्याल गरेको थिए मैले तिनिहरुको ।अनि तिनिहरुको अगाडि रसिदको एउटा ठेली  पनि थियो । 
        म सरासर आफ्नै बाटो लाग्छु मलाई सरोकार नै थिएन यो पुजा संग र कुनै मतलब पनि थिएन तर “गरिबिको लागि लगाईएको पुजा अनि त्यहि मन्दिर अलीपर भिकारी आमा र त्यो बच्चा अनि मन्दिरमा उठेको दैनिक लाखौ. दान र त्यो खान नपाएका आमा-छोरा ।“
       यो कुराले भने खै के हो ! तर कता कता कुन हो कुन विद्रोह मेरो मनमा आएको थियो !!

भोकले बटारको जस्तो हुन्छु , अनि मोबाइलमा घडि पनि हेर्छु त्यहि बेला साढे एघार बजिसकेको हुन्छ अनि कसरि नबटारुस् त पेट भोकले ! भोक मत्र होईन गर्मि ले गर्दा तिर्खा पनि मजाले लागेको थियो । एकछिन सोचे त्यही मन्दिरभित्र गएर पनि खाउ कि !! तर सोचे मत्र गईन । के थाहा पानि खादा पनि दान गर्नु पर्यो भने ?

      अनेक कुरा सोच्दा सोच्दै कोठामा आए । मजाले पनि खाए । अब केहि खान पर्यो भनेर हेर्छु । केहि थिएन खाने कुरा । कति दिन अगाडिदेखिको भांडा नै माझ्न समेत बाकि रहिछ ।

       फेरि निस्कछु कोठाबाट , तल्चा मात्र मर्न के लागेको थिए घरबेटी दाई भेट भए ।

“भाई दुई महिना भयो नि “ उनले मुख खोलीहाले ।
“हो दाई अर्को हप्ता म सबै चुकाउछु ।“
“पक्का है भाइ पर न जाओस् ।“
“हुन्छ दाई पक्का । “

       छोटो कुराकानी पोछि ति दाई कता लागे कुन्नि , तर म चाहि लेगे रिता दिदी को पसलतिर ।

“के छ बाबु हिजोको छुट्यो “ मलाई देख्नसाथ रिता दिदीको छुचो मुख प्याच्च बेल्छ ।
“ छुट्यो दिदी , केही खानेकुरा छ ? मलाई सह्रै नै भोक लागेको छ । “
“के खान्छस् ल भन् ? खाने भए खाना नै छ ! “ फेरि थपिन उनले  “तर चिसो छ, र मलाई तताउने जाँगर छैन  , चिसै खान्छस् भने पस्किदिन्छु  ।
 “हुन्छ दिदी त्यही भए पनि चल्छ ।“

       दिदीले खाना दिइन् , खाना खादैं मैले बिहानदेखिको सबै कुरा रिता दिदीलाई भन्छु । खासमा मैले त्यो सबै कुरा भन्नुको पछाडि ठुलो कारण थियो । हो , आजको खानाको पैसा बाकि राख्छय भन्नलाई थियो र साझको छाकको लागी पनि जुक्ति लगाउन थियो मलाई ।
       मुखले जति छुचाले भएपनि मनले सह्रै रम्री थिइन् रिता दिदी । मेरो कुराले धेरैनै भावुक हुदै भनिन् “ त कति अरुभन्दा फरक सोच्छस् है । आजको खानाको पैसा तैले मलाई दिन पर्दैन। बरु मलाइ पछुतो बनाइस् मैले तलाई किन चिसो खाना  दिए भनेर । “
       म मजाले हाँसे र भने “ त्यसो भए त दिदी म पनि त भिकारी भए त , भात फोगटमा खान मैले तपाईलाई कति लामो भुमिका सुनाए ।“
      
       अनि उत्यजित हुदै रिता दिदी ले भनिन् “ त होइन भिकारि , भिकारि त्यो नेता हो जस्ले गरिबिको नाममा ठुलो ठुलो भाषण गरेर भोटको भिक माग्छ । भिकारी त्यो पुजा लागाउने हो जस्ले ढुङ्गाको नाममा भिक माग्छ । अनि भिकारी त्यो पैसाको दान दिएर भगवान् संग ठुलो ठुलो भिक माग्छ ।

 लौ !!

     म त अचम्म परे रिता दिदीलाई पनि यस्तो कुरा गर्न आउदो रहिछ । यिनी त हटेलवाली मात्र नभएर ज्ञानि पनि रहिछन् । तर फेरी किन सबैले रिता दिदीलाई होटेल चलाएकोमा हुने नहुने सबै भन्छन् त ? 

(बिक्रम ज्ञवाली

2070/10/21 
11:24 pm
इमाडोल ललितपुर ।। )

Tuesday, December 23, 2014

बि-चरी

           मौसम राम्रो थियो । पूर्वमा सुन्तला रङको आकाश प्रश्ट देखिन सकिन्थयो । उ बिहान उठ्छे । मौसम हेर्छे , अनि आफ्नै भाकाम गित गाउछे । त्सपोछी आफ्ना दुई साना बच्चालाई हिजो बचेको खाना खुवाऊछे । 'अनि नानीहरु तिमीहरु धैरे गरेर बस्नु , म केहि खानेकुरा खोजेर आउछु ' भनेर बच्चाहरुलाई भनेर पङ्ख फुर.... पारेर उड्छे ।

         उ जान्छे पहाड छिचोल्दै । खोलाको मुहान हुदै । अँ ! साच्चि  खोलाको मुहानमा उसले माछा पाईन्छ कि भनेर नहेरको पनि होईन !! मुहान मात्र होईन हेर्न त खोलाको धेरै ठाउमा हेरेकी थिई तर हातमा सुन्य । चिन्ता उसलाई सबै भन्दा धेरै आफ्ना साना बच्चाको थियो । के गर्दै होलान र आज खानेकुरा पाऊन ढिलो भोकले आत्तिएको होलान् । कतै ठुलो गिद्ध पो आएर तर्सायो कि !! यस्तै यस्तै चिन्तामा थिई । तर पनि खाने कुरा पाईने आशा उसले मारेकी पक्कै थिइन । 

       आकाश हेर्छे सुर्य आधा आकश भन्दा माथि पुगेको हुन्छ । उसको चिन्ता झन् दोबर हुन्छ। भोक त उसलाई पनि माजाले  लागिसकेको थियो । तर चिन्ता भने उसलाई बच्चाको नै थियो ।

त्यही बेला  ।।
 उ पानी पिउन भनेर फेरी एउटा खोलामा पुग्छे । यस्यो चुच्चो गाडेर पानी मात्र के पिउन लागेको थिई एउटा माछो देख्छे । खुसिको सिमा हुन्न । ट्याप टिप्छे र उड्छे पानी समेत राम्रो समेत नपिएर ।

        उडेर अली  ऊगा्डि के पुगेको थिई । ठुलो हावा हुरी लागिरहेको देख्छे । तर उसलाई चिन्ता थियो आफ्नो बच्चाको भोकको । सायद त्यसैले होला हावाको कुनै प्रभाहा नगरी उड्छे । हावा बाढ्दै जान्छ । तर उ रोकिन्ने । हावा आधिबेरीमा बद्लिसकेको हुन्छ । पखेटा पहराउन गार्हो हुन्छ । र पनि उ उड्छे नै । हावाले् भुईमा थेचार्छ , पटक पटक । बिचरी कोसिस गर्छे । उड्न तर पखेटा घाइते भइसकेको हुन्छ । 

                     अब उसलाई चिन्ता बच्चाको भोकको संगै हावाले के गर्यो होला भन्ने कुराको पनि । बिस्तारै उठेर उड्छे । सकि नसकी । समातेको माछोलाई चुच्चोले च्यापेर । ढिलो नै सहि तर पुग्छे गुणमा ।

   तर गुणमा पुग्दा त्यहा बच्चा हुन्नन्। हुन्छ ठुलो गिद्ध । र बच्चाको बचेको हड्डि समेत लुछ्दै । उ झस्किन्छे , रुन्छे । गिद्ध उडेर जान्छ । बिहानको गित को ठाउँमा रुवाई हन्छ । त्यहि बेलामा उसको पखेटा तलबाट रगत बग्न सुरु हुन्छ । अघि लड्दा भुइमा बजारिएको चोटको रगत । त्यसको एकछिनमा उ पनि संसार छोडेर जान्छे । त्यहि बेलामा हावासंगै कालो बादले आकाश ढाक्छ । ठुलो पनि पर्छ । बिहानको राम्रो मौसम र निलो आकाश कालो बादले ढाकेको हुन्छ । पानी संगै उसको रगत पनि बग्दै हुन्छ । 

Thursday, November 13, 2014

कथा :- बाहुन बस्ती

आज बिहानै पात्रिका पढिरहेको थिए । टक्क आखाँ एउटा समाचारमा पुगेर अड्कियो । “ चुलो छोएको निहुमा एक जना दलितको हत्या । “ समाचारको मुल बिषय यहि नै थियो । दुःख लाग्यो । मन पनि रोयो । अनि समाज सम्झेर कता कता घिन लाग्दै आयो । मन चिसो बनाउदै सोचे “ यो धर्म , जात अनि पुराण कस्ले बनायो होला ? ‍मलाई लग्छ धर्म भनेको एउटा बिष हो । यहि बिषले संसार खत्तम गर्दै छ।
               
                फेरि कहिले काही मेरो यो कुरा मेरो ठूलो अह्ङकार हो कि जस्तो पनि लाग्छ। खै के गलत र के साचो म भन्न सक्दिन तर मलाई थाहा छ यो जात पर्था समाजमा अझै सम्म हटेको चाहि छैन ।“यस्तै सोच्दा सोच्दै मेरो दिमागमा म सानो हुदा को घट्ना याद आयो ।
  ____________________________________________________________________________________

         कुरा २०४१ सालतिरको होला त्यति बेला म तेस्तै ५/६ बर्षको थिए । हाम्रो गाउको एक भेग बस्ति हाम्रो जस्को नाम नै बाहुन टोला । पारिको बस्ति फेरि क्षेत्री र ठकुरीको । बिचमा अलिकति घर मगरको । अनी मगरबस्ति संगै सानो डाँडा । त्यो डाँडामा एउटा मन्दिर । मान्दिरको एउटा घरमा राधा र कृष्ण अनि तिनीहरुको छिमेकी चाहि माता भवानी। मन्दिरको अर्को भेगमा अरु ४/५ घरहरु त्यो फेरि दलितहरुको । त्यहि दलित बस्तिको एकजना केटो कुमार बिश्वकर्मा त्यो चाहि मेरो मिल्ने साथी।                               कुमार र म एउटै कक्षामा पढ्थ्यौ । कक्षा दुइ । ऊसलाई काक्षामा हामिसंग बस्ने अनुमती थिएन । कुमार लगाएत अरु दलित साथी छट्टै अर्को बेन्चमा बस्नु पर्थ्यो ।

                     शिक्षकहरु समेत उनीहरु संग छोइन्छ भनेर टाढा भएर तर्किन खज्थे दनिहहरु बाट । एक दिन कुमारसंग नेपाली गुरु के गर्दा छोईनु भएछ । कुमारलाई बेस्मारी पिट्नु भयो । तिग्रामा , ढाडमा , खुट्टामा अनी पुरै शरिरमा । त्यो बेला नेपाली गुरुले भनेको मलाई अझै याद छ “ अब बाट छोईन आइस् भने दुबै हात र खट्टा भाचिदिन्छु ।“ कुमार रोयो । शरिरमा जता त्यतै निलो डाम बसेको थियो । मालाई लाग्यो “बिचरा मेरो साथी कुमार त्सको के दोष गुरु आफै हिड्दा छोईनु भएको हो । “ तर  म बोलेर के नै हुन्थ्यो र ? ऊल्टा मलाईनै नराम्रो भन्छन् सबैले । 
                         त्यो दिन बेलुका कुमारले मलाई पिटाईको डाम देखाउदै भनेको थियो “ अबबाट त पनि म संग छोइन न आइज कोईले देख्यो भनी मलाई मार्छन् ।“ मेरो मन चिसो भयो । नराम्रो पनि लाग्यो । हुन पनि त्यो दिन पछी कुमार म संग खैल्न कहिल्य आएन ।
         अनि अर्को कुरा कुमारहरुको बस्ती मन्दिरबाट सबै भन्दा नजिक थियो तर उनिहरुलाई मन्दिर पस्ने कुनै पनि अधिकार थिएन । मन्दिरको पहिलो घण्ट र पुजारीको पुजाको पहिलो आवाज जाने बस्ती त्यहि दलित बस्ति थियो। तर उनिहरुको आवाज त्यो मन्दिरमा बसेको ‍भगवान् समक्ष कहिल्य गएन। गाउँमा जस्तो जे सुकै कराको छलफल होस् । या त कुनै कुरा गाउँमा गर्नु परोस् पहिलो बोल्ने अधिकार या त पारीका क्षेत्री , ठकुरीको हुन्थ्यो या त हाम्रो बाहुन बस्ति को हुन्थ्यो । बिचका मागर र दालित  या उनिहरु भेलामै सामेल हुन्थेनन् । भए पनी दर्शक हुनु पर्थ्यो । ____________________________________________________________           

                          उमेरले लगभक हामी भन्दा दस्  बर्ष जेठी कुमारकी ठूली दिदी “ सरिता “ । वास्तवमा गाऊँका सबै सरितालाई देखेर रिस् गर्थै । हुन पनि कसैको छरी होस् या बुहारी कोही पनि सरिता जती रम्रा थिएनन् । मेरो कान्छो हाजुरबा गाऊँको मुखिया हुनुहुन्थियो तेति बेला । हाजुरबाको कान्छो छोरा “ मनोज प्रसाद शर्मा ।“ सारिता बाटोमा हिडेको देख्यो की जिस्काउन कुनै पनि शब्द बाकी राख्थेन होला मानोज काकाले । हुने नहुने सबै शब्द । अनी आफ्ना साथीलाइ भन्थ्यो “साली दालित खूब बैश आएछ यस्को । मौका पाऊ न यस्को बैश सबै झार्छु ।“ बिचरी सारिता कस्लाई भन्नु त्यो कुरा । उनिहरु त दलीत तल्लो जात् अनी भने पनि कस्ले सुन्नु उस्का कुरा । त्यसैले आफ्नो बेथा आफैसंग राख्थिन् होला सरिता विश्वकर्मा ।                                 
                                 शनिबारको दिन थियो । स्कुल बिदा । फेरी त्यो दिन मेरो धेरै समायसम्म सुत्ने बानी। तर त्यो शनिबार म धेरैबेर सुत्न पाइन । बिहानै केहि हल्ला मेरो कानमा ठोकिएर ओच्छयान छोड्नु प़र्यो। उठे । बाहिर गए । मुख धून थाले । तर मुख धोईन । बुवा , आमा र दाईलाई खोजे । तर वरिपरि देखिन । फेरी ठुलो हल्ला आयो मन्दिर तिरबाट । म पनि दौडिए हल्लाको आवाजलाई पच्छाउदै । पहिला मन्दिरमाथि चढे । अनी मात्र थाह भयो आवाज दलितहरुको वस्तीबाट आएको थियो । मलाई त्यहाँ पुग्न केहि पनि समय लागेन । पुरै बाहुन टोला, क्षत्री र ठकुरी बस्ती अनी मगर र दलित बस्ती जम्मा थियो । “ हामी दलित हो भन्दैमा कती सहानु ? हेला ,गाली , पिटाई, ............... अब गर्दा गर्दै छोरीको बलात्कार । अझै कती सहनु ? “ यस्तै भन्दै रोईरहेका थिए कुमारका बाउ ।
                  सुरुमा त मैले कुरा बुझ्नै सकिन । अली समय पोछी थाहा भो । “बिहान पानी लिन भनेर सरिता पँधेरी गएकी रहिछ। पानी लिएर फर्कने बेला बाटोमा लुकेर बसेको रहिछ मनोज शर्मा । सरिता आई । अगाडी कुमार बाटो छेक्यो। फेरी जान खोजी । तर जान दिएन । झम्टियो। फुत्किन खोजी तर भोको बाजको अगाडी बिचरा शक्तिहिन् परवीको के लाग्थ्यो होला र ? पानीको गाग्रो तल खस्यो। संगै खस्यो मनोजको जवानीको आगो । खस्यो सरिताको बचाई राखेको ईज्य्यत् । पहिला मानोज शर्मा , अनी ऊस्का साथीहरु। पालो पालो । बिचरी असाहय सरिता । “ 
                                        कुमारको बाहु रोहेको आवाज आएको बेला मेरो आखा अर्कै ठाँऊमा पुग्यो । हो सरिता दिदीमा। कुनामा बासेकी थिइन् । जिऊदो लाश् जस्तै भएर। मुखमा ताजा घाऊ थियो । कपडा च्यातिएको । मलाई माया लाग्यो । तर म ता भसुनो जत्रो बच्चा कस्ले बोल्न दिनु। त्यतिकैमा पछाडीबाट आवाज आयो “ साला दालित ठुलो कुरो गर्छस् । ओकात याद गर् । तेरे जवान छोरिले गर्दा हाम्रा छोराहरु बिग्रिहे । “ यो आवाज थियो सन्तोष क्षेत्रीको । त्यहि बेला अर्को आवाज आयो । “ होईन दालित हो भन्दैमा जे पननि गर्न पाइन्न । “ यो फेरी माहिला मगर को । अनी अर्को आवाज आयो यो पाटक खड्क जङ्ग ठकुरीको “चुप लाग् साला मागर आप्नो ओकात याग गर् । यो दालितहरुलाई गाउँबाट निकाल्नु पर्छ यीनीहरुले गर्दा हाम्रो समेत इज्यत जान्छ ।“ पछडीबाट अरु स्वरहरु पनि थपियो “ हो हो निकाल्नुपर्छ । “
   त्यसपछी साबै गाऊँले कुमारको घर भित्र गएर । भाँडा, कपडा र अन्य सबै सामान बाहिर फाल्छन् । कुमारको परीवार गाऊँ छोडेर रुदै हिड्छन् । खै कहाँ हिडे ? जवान् छोरीलाई लिएर। मेरो साथी कुमारलाई लिएर। 

                     त्यहि दिन दिउस----
-                         “ वा छोरा...... वा.... मर्द भनेको तँ जस्तो हुनु पर्छ। साला दालितहरुलाई गाऊँबटै निकालिस् । “ कानमा जनै राखेर मासु लुछ्दै को मेरा कान्छा हाजुरबाले भन्दै थिए ।  हजुरबाले मलाई बोलाए र भने “ तँ पानि पोछी गएर तेरो काका जस्तै बन्नु । बुझिस् ? “साँझ पर्यो म र दाई बिस्तरामा थियौ बुवा आएर आमा संग भन्नु भो । म मेरो बैंकको सरुवा अब पोखरा गर्छु । यहाँ त छोराहरुको कुनै भबिष्य छैन। तेस्को अली महिनामा हामी पनि पोखरा बसाई सर्यौ।
 --------------------------------------------------------------------------------------------------------------------------
              बाहिर कहि चर्को आवाजले म झसंग भए । चुनाव नजिक भएको भएर नेताहरु मजाले पर्चारमा लगेका थिए । बाहिरको आवाज निहालेर सुने । “ अब देशमा दलितहरुको आवाज सुन्नै पर्छ । हिज मात्र हाम्रो देशमा चुलो छोएको निहुमा एक जना दालितको हत्या भयो । अब हामी सहन सक्दैनौ। “ ठुलै ताली बज्यो । को नेता रहिछ भनेर यसो हेरे । अनि शरिर काप्यो । पसिना पसिना भए । आखाँमा बिश्वाश लागेन । त्यो नेता उही मानोज पर्साद शर्मा रहिछ ।

Tuesday, November 11, 2014

कबिता :- सुसाइड नोट

जब म हुन्न
सकि सकेको हुन्छु

तिमी मलाई खोज्दै
धेरै न भौतारिनु

सोध्नु
त्यो हावालाई,
बादललाई
चन्द्र र सुर्यलाई

 देखाइदिनेछन्
तिनीहरुले अस्त्तित्वमा
पोतिएका मेरो
प्रेमका निसानीहरु
तिमीलाई

अनी महसुस गर्नु
जहा पाउने छौ
तिमीले मात्र म
केबल म मात्र
एउटा प्रेमको प्रतिकमा
अस्तित्वमा लुकेको
हो रि त्यही म ।









Monday, November 10, 2014

कबिता :- हो म हरुवा हो......

टुट्छ मन
रसउछन् आखाहरु
थाकिसकेको म
जन्माउछु केहि
फेरी नया आशाहरु
अनी फेरी,
हुन पुग्छन् निरासाहरु
किन फेरी ?
म हार्छु पटक पटक
म रुन्छु पटक पटक
मुस्कुराउछु
तर लुकाएर रसाएका आखाहरु
हा्स्छु म फेरी
लुकाएर तिनी पिडाहरु
कति भागु म ?
बास्तबिक्ताहरु संग ??
हो म हरुवा हो
हो म लाचारी हो
हो म भगुवा हो
यही नै मेरो वास्तबिक्ता हो ।
सायद म झुट बोल्छु
तर मेरा कबिता झुट बोल्दैनन्
कमसेकम यीनले मेरो लाचारी लुकाउदैन् ।
सक्छौ भने भगवान् मलाई माफ गरिदेउ
नत्र भने मेरो गल्तिको सजाए देउ
बिन्ति भगवान् अब म जे कुराको लायक हो
मलाई त्यही गराइदेउ
मलाई त्यही गराइदेउ ।।
Bikram Gyawali
11/11 2014
12:18 am

Saturday, November 8, 2014

लघुकथा :- म किन पिउछु



त्यसताका दाऊन्ने मन्दिरमा जोडिहरु गएर आफ्नो नाम ढुङ्गामा लेख्यो भने प्रेम अमर हुन्छ भन्ने बिश्वास थियो । त्यसैले हामी पनि गयौ । लेख्यौ नाम । मैले त झन् अली गाढा बनाएरनै लेखेको थिए "पुजा" । अनी उसले त्यसको तल लेखिकी थी "बिक्रम "।

समयसंगै सबै कुरा अगाडि बढ्दै थियो । हामी ऐक अर्काको लागी नै बनेका हौ जस्तो लाग्थ्यो । तर एक दिन अचानाक उसको फोन अफ थियो । मैले पटक पटक कोसिस गर्दा पनि लाग्दै लागेन ।

आज लागेन, भोली लागेन खै लाग्दै लागेन ।

एक दिनको मेरो घरमा खै केको कार्ड आएको रहिछ । के होला भन्ने उत्सुक्ताबस् कार्ड हेरे
बिवाहको कार्ड पो रहिछ । हो पुजा खनालको बिवाहको कार्ड थियो कुनै बिदेश बस्ने संग।

Friday, November 7, 2014

लघुकथा :- लेखिकाको हत्या

एउटा लेखिका थिईन् । बिचरा भर्खर भर्खर लेख्न सुरु गरेकी थिईन् । एक दिन आफ्नो लेख कस्तो हुन्छ भनेर फेसबुकको कुनै समुहमा राखिछन् ।

सुरुमा त उनको कथा सबैले वाह .. वा.. गरेछन् । तर पोछि फेरी कुनै लेखकले उनको कथालाई  पुन : लेखन गरेछन् । त्यो देखेर उनको पहिलो कथाको सम्पादकलाई निकै रिस् उठेछ । अनि प्रतिलिपि अधिकारको कुरा सुरो भयो ।

प्रतिकृया दिनै क्रममा सम्पादन् र त्यो पुन : लेखन गर्ने बिच घम्सा घम्सी नै पर्न थालेछ ।
दुवैको पक्ष बिपक्षका सेनाहरु पनि आफै बनेछन् र युद्ध नै लड्न थालेछन् ।

बिचरा ति लेखीकाले आफ्नो प्रतिकृयामा झगडा नर्नुस् । म निराश् हुदै छु भन्दा पनि उनिहरु मानेनन् र महाभारतनै गर्न लागेछन् । यो देखेर बिचरा लेखिकाले अबबाट लेख्न छोड्ने सम्म निर्णय सोचिछन्। 

Tuesday, October 21, 2014

भगवान् लाई नचिन्दा (Fiction on Enlighten Master Shivapuri Baba)

  जङ्गल को बिचमा राम्रो बगैचा, बगैचाको बिचमा सानो लिच्चिको रुख । त्यसको बगलमा मन्दिर अनि मन्दिरको पछाडी सानो कुटी । हो उ त्यो कुटी मा बस्थयो ।
            म पहिलो पटक त्यो मन्दिरमा पुगेको थिए । पुजा गर्न होईन , घुम्न पनि होईन कोहीलाई भेट्न त झन् हुदै होईन तर हो आत्म हत्या गर्न । त्यति बेला मैले जिवन संग हारेर हिडेको अवस्था थियो र मर्ने ठुलै रहर पलाएर आयो । ठाउँ खोज्दै जादा मैले त्यही मन्दिरको रुखलाइ किन रोजे थाहा छैन ।

            मन्दिर भित्र के छिरेको मात्र थिए । ठुलो फुलेको दाह्री र जुगा , सेतो धोति लगाएको अनी तालु खुइलेको उ भेट भईहाल्यो । म झसंङ्ग भएर ‘यहाँ पनि मर्न नपाईने भो , हरे भगवान मर्छु भन्दा पनि सुख छैन’ भनेर निस्कन के लागेको थिए पछाडि बाट आवाज आयो  “पर्खि “ भनेर । सुरुमा त डर लाग्यो । तर पछि सोचे “ म त मर्न पो हिडेको मान्छे मलाई के को डर लौ जा पर्खिन्छु । उ आउछ मेरो नजिक र सोध्छ “तेरो जिवनमा यति धेरै पिडा किन” ?

    “हँ......” म झन् जस्किन्छु फेरी सोच्छु यसलाई कसरी थाहा भो मेरो जिवनको पिडाको बारेमा , होईन यो जोगी साच्ची ज्ञान प्राप्त नै हो कि क्या “ ।
   “ होईन बाबा त्यस्तो केहो पिडा छैन” भन्दा मेरो बोलि कापेको पनि थियो ।
फेरी उ भन्छ “ म संग झुट नबोल ! ल भन् तलाई के भयो ?”
       म मेरो सबै कहानी उसलाई भन्छु र आफु मन्दिरमा आएको उदेश्य पनि उसलाई भन्छु । थाहा छैन किन हो त्यो अन्जान जोगीलाई मैले किन बिश्वास गरेको थिए । तर पनि केहि आशा नभई मान्छेले कस्लाई पो बिश्वास गर्ला र !

        मेरो कथा सुने पोछि चिलिमको एक फन्को गाजा तान्दै उसले भन्छ “ तलाई के थाहा छ संसारमा तँ भन्दा दुःखी धेरै पनि छन् भन्ने कुरामा  त हरुवा रहिछस् , साला भगेर मर्न हिड्ने । जिवन बाच्नलाई बनेको हो हार्नलाई होईन ।ल्याएको भोग भोगेरै मर्नु पर्छ । तँ संग इच्छा र बासना थियो जसको कारणले तैले यो जन्म लिन पर्यो । र यहि गल्ति तैले फेरी गर्दै छस् । फेरी अर्को जन्मको बाटो किन खन्दै छस् । जिवनबाट नटुटी कोहि भगवान्को खोजिमा हिड्दैन । त भाग्यमानि रहिछस् जो टुट्नु संम टुटि सकिस् । अब जोडिन सिक । ढोका आगाडी नै छ तर सत्यको चाबिले मात्र खुल्छ ।“

          उसको यो भनाईले मलाई सायद साहारको मरभूमीमा पनि भेटेको जस्तै भयो । एउटा अचम्मकै सितलताले मलाई छोयो । र पनि एउटा प्रशन मैले उसलाई गरेरै छोडे । “मलाई हरुवा भन्नै तपाई आफू चाहि किन जिवनबाट भागेर जोगि हुनु भएको” । मेरो प्रश्न सुन्बे बित्तिकै ऊ धेरै नै हास्छ । बर्षौ देखि ब्रस नगेरका जस्ता उसका पहेला दात स्पसट देखाएर हास्छ । अनि उत्तर दिन्छ । सनो उत्तर । तर मिठो उत्तर । “ म पनि कुनै जन्म बाट नै त जस्तै भाग्दै हिडेको थिए। तर अहिले मलाई थाहा छ म कुन सोर्गमा छु भनेर ।“

         एकछिन आखँ चिम्म गरेर बस्यो उ अनि फेरी बोल्न सुरु गर्यो “ त संग हिम्मत छ भने या त जंगल गएर बस् या त दरवार गएर । बिचको नर्कमा आफूलाई किन राख्छस् । मैले मेरै यिनै खुट्टाले हिडेर विश्व भ्रमण गरेको छु । बेलाएतको महारानी संग बर्षौ बेसेको छु । मक्का मधिना सम्म छिरेको छु । अल्ब्रट आइस्टाइलाई उसकै सिधान्त मा गलत सबित गरेको छु” ।
               मलाई मन मनै लाग्यो साला ढोगीको फेला परेछु क्यारे यस्तो जोगिलाई कस्ले दियो होला भिषा र गर्यो होला विश्व भ्रमण । र पनि उसको कुरामा मलाई कता कता बिश्वास पनि लागेको थियो । उसको आखाँमा अर्कै किसिमको चमक पनि थियो । जे जस्तो भएपनि मलाई किन किन बाकि जिवन त्यहि जोगी संग यहि जंगलको कुटिमा बसेर बिताउकी जस्तो पनि लागेको थियो । फेरी याद आउछ घर परिवार । अगी संम मर्न हिड्दा याद आएन तर अहिले आयो खै किन ।
        एकछिन म मौन हुन्छु । त्यो बाबा त झन् आखा चिम्म गरेर गहिरै मौनमा देखीन्छन् । तिनको संगै आफ्नो पनि मौनता भङ्ग गर्दै म प्रशन गर्छु फेरी “ बाबा तपाईको भगवान संगको भेट भएको छ र ? छ भने कस्तो अनुभव ?” यो पाली चाहि अनि कठोर हुदै बाबाले भन्छन् “ तिमीहरु हिन्दुहरुको त्रिदेव ब्रम्हा , बिश्नु र महश्वर केहि कामका छैनन् । जन्मौ संम म उनिहरुको खोजीमा भट्के । उनीहरुकै पछाडि पछाडि लागे तर अहिले आएर उनिहरु मेरो पछाडी हिड्छन” ।
              त्यसपोछि मलाई असहि नै हुन्छ । हासो पनि लाग्छ र हास्छु मजाले। ठाडै भन्छु “तपाई एकदम गफाडि हुनुहुदो रहिछ बाबा मलाई पुग्यो । मलाई मर्नबाट बचाउनु भयो त्यसो लागी धन्यावाद” हस् त म जान्छु । सोचेको थिए सायद बाकी जिवन तपाई संग बिताउनु पर्ला भनेर तर अब पुग्यो । बरु जादा जादै हजुरको नाम के पो पर्यो” ।

             बाबाको उत्तर आउछ “मेरो नाम के हो मलाई नि थाहा छैन तर मलाई शिवपुरी बाबा भनेर चिन्छन्” । म फेरी हासेर भन्छु “ ए त्यसो भए त यो जङ्गलको नाम तपाईकै नामबाट शिवपुरी भएको होला होईन त ?”
           “नाई होईन बरु यो जङ्गलको नामबाट मेरो नाम शिवपुरी भएको हो । तैले मलाई चिन्न सिकिनस् फेरी आर्को जन्म पनि चुकिस् । हुन त बुद्दलाई पनि कस्ले नै चिन्न सक्यो र त्यो बेलामा । जा गएर आफ्नो जिवन बाँच् । तेरो सबै राम्रो होस् । अब जा म तलाई रोक्दिन तर एउटा कुरा याद गर्नु जिवनमा पाउने दुःखको जिम्मेवार हामि आफै हो । मेरो जिवन हेर एक सय सड्तिस बर्ष बाचि सके । अब मलाई यो शरिरको माया पनि छैन । मैले पाउनु पर्ने कुरा सबै पाए । हुन सक्छ तैले मलाई चिन्दा र फेरी फर्केर आउदा मैले शरिर छोडिसकेको हुन्छु । त्यति बेला पछुतो न मान्नु । र अर्को कुरा जिवन जसरी चलाऊन सक्यो त्यसरी नै चल्ने कुरा हो । यो कुरा जहिले याद गर्नु अब जा । त म संग कुरा गर्न खोजे पनि म गर्दिन त संग” ।

        ति बाबाले त्यति भनेपोछि म त्यहाँ बाट हिड्छु । तर अहिले भने मन हलुका थियो मर्ने इच्छा कता कता हराएर गयो कता कता । संसार हेर्छु डाँडाको टुप्यो बाट भ्याएसंम । रुखहरुले गिन गाएजस्तो लाग्यो । टाढा काठमाण्डु शहर देख्थे र त्यहाको अनेकौ संघर्ष याद आयो । हुन पनि हो म मात्र थिइन दुःखी । सबै जना संघर्ष को बाटोमा हिडेको देख्थे । अनि फेरी सोच आउथ्यो कारण दुःखको  “हो त बाबाले भने जस्तै पैसाको डौड जुन छोडेर जानै पर्छ एक दिन । मायामा हार तर जितेको भए के त ? इज्ययत तर कहि संमको ?” म नै आफै खाल्टो खनेको रहिछू दुःखको जस्तो लाग्यो । तर ति बाबा को थिए जस्को सानो शब्दले मेरो जिवननै पुर्ण रुपले अर्कै भएको थीयो ।

         अनेक सोच संगै हिड्छु । बाटोमा एक जोडि चरा देख्छु लाग्छ यिनिहरु पनि त बाचेकै छन् । अगाडि बड्छु एक हुल बादर रुखमा थिए तिनीहरुको पनि त संसार हुदो हो जस्तो लाग्छ । फेरी हिड्दै गर्छु सानो पानिको मुहान भेट्छु र थोरै पानि पिउछु । लाग्यो सायद मै प्यासीको लागि भनेर यो पानिको मुल फुट्यो होला ।  अनेकौ प्रश्न र सोच संगै घर आउछु । तर किन हो मलाई त्यो दिन कोहि संग पनि बोल्न मन लाग्दैन । अर्कै आनन्दले म भित्र बास गरेको अनुभुति हुन्छ। बाबाको कुरा र त्यो बाबाको अनुवार सम्झन्छू एक सय सड्तिस बर्ष बाचेको रे । खै के सत्य होला त त्यो कुरा ! बिश्व भ्रमण गरेको रे झन् अचम्म लाग्दो कुरा !! के मैले नै त्यो बाबालाई चिन्न भुल गरेको हो त !!!

        त्यो दिन म मझाले निदाउछू । अर्को दिन बिहान रेडियो नेपालले सात बजेको समाचार भनिरहेको थियो । जस्को प्रमुख समचारमै भनिएको थियो “शिवपुरी बाबा एक सय सढ्तिस बर्षको उमेरमा मृतु” । म झसंग हुन्छु फेरी । ल त्यो बाबाले भनेको सबै कुरा सत्य रहिछ । बाबालाई बिश्वास नगरेर मैले ठुलो भुल गरेछु । अनि बाबाको आत्माले सुनुस् भनेर संकल्प गर्छु “ बाबा मलाई माफ गर्दिनुस् , म अबबाट जिवनसंग कहिले हर्दिन , बरु बाच्छु । हरेक समयमा त्यहि समय अनुसानै बाच्नेछु । छोटो समयमा तपाईले दिएको शिक्षालाई सधै लागु गर्ने छु” । त्यस पोछोको जिवन मेरो अहिले संम जहा छु त्यही नै दरवार बनाएर बसेको छु । बाबाले भनेको दरवार मा बस् भन्ने शिक्षा बल्ल बुझेको छू । महसुस गर्न सक्यो भन्ने झुपडि पनि दरवा हुदो रहिछ र नर्क पनि स्वर्ग । हुन पनि हो बाबाले भनेझै कुनै बेला मेरो दुःखको करण म आफै थिऐ र अहिले जे पर्छ टर्छ भन्ने जाने त्यसको कराण पनि म नै हो ।

            मलाई जहिले पनि आत्म गलानि  छ , मैले बाबालाई कुनै मजाक जस्तरी उडाएको थिए । तर पनि ऊहाको शिक्षाले मलाई जहिले जिवन जिउने शैली सिकायो । हुन त हरेक बुद्ध पुरुलाई यहा यस्तै नै हो अगाडि हुदा उडाइन्छ , गालि गरिन्छ र मारिन्छ पनि तर गुमाऐपोछि उनीहरुको महानता गाईन्छ । कतै मैले पनि त्यही त गरिरहेको छैन ???

Monday, October 13, 2014

कथा काठमांडौको

                 “काठमाणडौ शहर । गिद्धै गिद्धको शहर” । यस्तै संवाद संग सकिन्छ लुट फिलिम । हुलको पछाडि पछाडि लागेर म पनि निस्किन्छु सिभिल मलको हल बाट बाहिर । मन मनै लाग्यो फिलिम दामी हो । राम्रै समय कटायो । तर अब जाने कहाँ ?
                                 बिना गन्तब्य मेरो पाइला सुन्धार तिर बढ्छ । धरहराको ढोकामै चुरोट , सुर्ति , गुड्खा , छुर्पि बेच्न राखेको सुपे व्यापारीकोमा एक प्याकेट खुकुरी चुरोट किन्छु । अनि गोजी हेर्छु दुई सय चालिस रुपैया बचेको रहिछ म संग । कता कता भोक पनि लागेको थियो । सोचे धरहराको तल गएर एक पिलेट बफ मोः मोः खाँउ कि । तर घडि हेरेको बल्ल साढे दुई बजेको रहिछ । अहिले खाएर के गर्नु दुई घण्टामे फेरी भोक लाग्न सुरु गर्छ । फेरी पैसा पनि धेरै छैन म संग । भो !  बरु एकछिन न्युरोड तिर घुम्छु अनि खानु पर्ला !!
                               
                                 हिड्दै गर्छु खिचापोखरी बाटो । जहा कपडापसल संगै माछा मासु पसल अगाडि मान्छे नै मान्छे को भिड थियो । ‘अगि त फिलिम मा हक्कु कालेले गिद्धै गिद्ध को शहर भन्थयो । ठिकै रहिछ क्या’ जस्तो लग्यो । कति दिन अगाडि काटेर फ्रिजमा राखेको मासु सिनो बराबर नै जस्तो पो लाग्यो । एकछिनमा हरेक मान्छेलाई मैले गिद्ध जस्तो पो देख्न लागे ।

            म रोकिन्न , हिड्छु  अगाडि पाको पुग्छु । चिल्लो चिल्लो गाडिहरु पार्किङमा राखेको थियो । याद आउछ पुरानो सपना आफ्नो गाडि चड्ने । “इस् चडिस् गाडि....” मन मनै भन्छु आफैलाई । अलि पर सडक बालकहरु गमलाई पलास्टिकमा राखेर तान्दै हुन्छन्। त्यो देख्दा लाग्छ ‘जिवन जहाँ जस्तरी जसको पनि चलेको छ । चिल्लो गाडिमा पाँच तारे होटेलमा गएर महङ्गो रक्सी को नशा लिनेको । र सडकमा पलास्टिक बटुलेर सानो पैसाले गम सुगेर नशा लिनेको पनि’ । ‘
             यो सहर यस्तै हो दिनमै यहा कति कथा भेटिनछन् र पनि हाम्रा कथाकार धेरै जस्तो हाम्रो देशको पश्चिम नै गएर कथा लेख्छन्  मुर्ख लेखकहरु’ मन मनै लेखकहरुलाई गालि गर्छु । यस्तै सोच्दा न्युरोड पुग्छु । जहा हजारौ मान्छे दिन दिनै लाखौको बजार गर्न आउछन् । म त्यहाँ नरोकी आगाडि बढ्छु । बिशालबजार हुदै । फ्रिक स्ट्रिट छिर्ने बाटो हुदै । कुमारी बस्ने दरवार हुदै । पुग्छु बसन्तपुर ।
     
            माथि एउटा मन्दिरमा चढ्छु र गोजिबाट निकालेर एउटा चुरोट सल्काउछु । गोलो गोलो धुवाको गोला बनाउदै त्यहाको चहल पहल हेर्न थाल्छु ।कतै फुर... फुर... परेवा उडिरहेका थिए । तल सानो सानो सुपामा चुङगम , लाइटर ,गुड्खा आदि बेच्नेहरु अगि सुन्धारामा जस्तै आफ्नै संसारमा थिए ।यहा पनि पटक पटक पलास्टिकमा गम तान्ने बालकहरु प्रसस्तै थिए । कतै पर्यटकहरु फोटो लिनमा व्यस्त थिए ।
             कतै जोडिहरु आफ्नै प्रेमको संसारमा लिप्त थिए । ‘सायद यो भिड नभएको भए उनीहरु ओठमा ओठ जोडिसकेका हुन्थे होला । तर अहिलेलाई हातमा हात जोडेर नै चित बुझाएका छन् बिचराहरु’ । यस्तै सोच संगै मेरो भर्खर भर्खर टुटेको प्रेम कहानी पनि याद आयो । मनमा हलुका पिडा पनि भयो  त्यसैले एउटा सकिन नपाउदै अर्को चुरो साल्काई हाले ।

            मोबाईल निकालेर घडि हेरे । पौने चार बजेको रहिछ । भोकले पेट बटारेको अनुभव हुन्छ । अगि नै मोः मोः खानु पर्दो रहिछ जस्तो लाग्छ । उठेर जाउ कि जस्तो लागेको थियो फेरी सोच आउछ । ‘अहिले मोः मोः खायो फेरी बेलुकी खाना खाने पैसा समेत हुन्न म संग । बरु खप्छु । खपेर मरिन्न । छ बजेतिर खानु पर्ला । त्यसपोछि बेलुकि खाना नखाए पनि खासै भोक लाग्दैन निदाए मात्र भइहाल्यो नि !’

                  यस्तै सोच्दै थिए मेरो नजर एक ठाँउमा पुगेर टक्क अढिन्छ । एउटा बाबुले आफ्नो छोरालाई स्कुलबाट घर लादै गरेको हुन्छ । घर नै होला सायद मेरो अनुमान अनुसार ।त्यो देख्दा मलाई मेरो बाल्यकालको सम्झना आउछ ।

            बुवा म र दाई हुन्थिम प्राय हामी बलुकी पर्कदा । बुवाले अफिसबाट फर्किने बेला मलाई र दाईलाई संगै स्कुलबाट घर लाने गर्नु हुन्थयो ।अनि एक दिनको कुरा हो । “बुवा म पोछि गएर ठुलो मान्छे हुने” म भन्छु । बुवा बोल्न नपाउदै दाईको बोलि फुट्छ “इस...ऽ......... बनिस् ठुलो मान्छे ।त त नालाएक हुन्छस्” ।

            सानो म धेरै रुन्छु । बुवाले फकाउनु हुन्छ । म मान्दिन । मिठाइ किन्दिनुभो । मैले मानिन । चाउचाउ किनिदिनु भो । भित्रि मनले मानेको थियो । त्यति बेला चाउचाउको महत्व धेरै नै हुन्थयो । तर नमानेको नाटक चाहि गरिरहे।                  
            बुवाले दाईलाई गाली गर्दे भन्नु भो “जहिले भाइलाई जिस्काउछ काम नपाएको जस्तो” । बुवाले त्यति भनेको दाईले पनि मलाई फकाउदै भनेको थियो “ मैले मेरो भाइलाई माया गरेर जिस्काएको पो हो । के गर्छ भनेर । त म भन्दा नि ठुलो मान्छे हुन्छस् ।अनि बुवा र आमालाई तैले पाल्छस्” । म मंख पर्छु ।

            घर आउछ एकछिनमा । आमाले खाजा तयार गर्दै हुनुन्छ। म कपडा पनि नफेरी खाजा के रहिछ भनेर हेर्न । ग्यास चुलो नजिक जान्छु ।
            “आत्था....” हात पो पोलेछ चुरोटको ठुटाले । झसंग झस्किन्छु । र  फेरी बस्तपुरमै पाऊछू आफुलाई ।बाल्यकालको कुरामा यति रमाएछु आफु कहा छु भन्ने समेत याद रहेनछ । चुरोटले पोलेर पो याद आयो । त्यो भन्दा धेरै पेट पोलेको थियो भोकले ।

           अब चाहि केहि खानु नै पर्यो भनेर सिढिबाट तल झर्छु । फेरी एउटा चुरोट सल्काउछु । एउटा आवाज संगै कोहिले हात समाउछ । “दाई पाँच रुपैया दिनुस् न !” हेर्छु एउटा साह्रै ने मायालगदो अनुवारको सडक बालक रहिछ । गोजीबाट पाच रुपैया निकालेर दिन्छु । र भन्छु “ ला तर डेन्ड्राइट नसुग्नु” । त्यो केटो मख्ख परेर जान्छ ।
            म सोच्न थाल्छु । “ के खाने होला ! सस्तो पनि र पेट भरिने पनि !!” हिड्दै गरेको कुमारी दरवार नजिक एउटा चिया पसल देख्छु । त्यहा गएर एक कप चिया माग्छु । र वरिपरीको वातावरण हेर्छु । एउटा गाडि बेस्करी गतिमा हिडेको देख्छु । र आत्तिन्छु  त्यही घटना सम्झेर सानोको ।

            दिमागनै खराब भएजस्तै फेरी त्यही दृश्य मेरो आखाँको अगाडि घुम्छ । एक दिन को कुरा थियो । म सडकपारी पुगिसकेको थिए । दाई र बुवा चाहि अर्को पारी सडकको । मैले दाईलाई जिस्काउदै थिए पारीबाट । दाईले ‘पख् तलाइ त्यहाँ आएर जानेको छु ‘ भन्दै थियो । सडको छेउमा एउटा गाई पनि थियो । परबाट एउटा बस हुईकेर आउदै पनि थियो । अचानक गाई सडकको बिचमा जान्छ । गाडि गाई बचाउन खोज्दा आफ्नो नियनत्रण गुमाउछ । र गएर ठोक्छ दाईलाई र बुवालाई ।
                म चिच्चाउछु । गाडि पल्टेको आवाज पनि सुन्छु । मान्छेको भिड लाग्छ । परी जान्छु । हेर्छु अगि संम मलाई पख भन्ने दाइको हात सिथिल थियो । मुख मौन थियो । र शरिर सधैको लागि सुतिरहेको थियो । त्यसतै सधै मलाई समतेर स्कुलबाट घर लाने बुवाको हात पनि दाईको जस्तै थियो । र सधै हास्ने त्यो अनुवार रगतले ढाकिएको थियो । अलिबेरमा सेतो कपडाले रगत भन्दा माथि ढाक्यो ।

            “ भाई चिया” पसले दिदीले चिया ल्याएर दिन्छिन् । मेरो आखाँ रसाएको रहिछ । घुरेर मेरो आखामा हेर्छिन्। म फेरी अर्को चुरोट सल्काउछु । फोनको घण्टि बज्छ त्यहि बेलामा । हेरको आमाको फोन रहिछ । उठाउछु । “आमा दर्शन” सुरुमै मैले भन्छु ।
“धेरै आशिर्वाद , के गर्दै छस्” ? आमाले सोध्नु हुन्छ ।
“ परिक्षा आउन लाग्यो पढ्दै छु” । म झूट बोल्छु ।
“ ल राम्रो संग पढ ! त नै त रहिछस् मेरो सहारा” यति भन्दै आमा भावुक हुनुहुन्छ ।
“ हुन्छ आमा । बरु हजुरले बल्ड प्रेसरको औषधि समयमै खानुस् है । धेरै चिन्ता नगर्नुस् । ल म फोन राख्छु ।“ यति भन्दै मैले फोन काटे ।
            चिया संगै चुरोट अनि सोच । कसरी भनु आमालाई हजुरको छोरो ब्यक माथि ब्याक लागेर काठमाण्डुमा हल्लेर बसेको छ भनेर । मेरो असली कुरा थाहा पाए के होला त्यो विधुवाको हालत । अनि फेरी दाईको याद आयो र मन मनै भन्छु । “हो दाई तैले भनेको ठिक हो । तैले भनेको दुवै कुरा बन्न म सफल भए । उमेरले ठुलो र कामले नालायक” ।

            चिया सकिन्छ । घडि हेर्छु । साढे पाँच बजिसकेको रहिछ । अब हिड्नु पर्छ । खै ! भोक चाहि कता हराएको थियो कता !! सायद सोचले र चियाले होला । हतार हतार न्यु रोडकै बाटो फर्किन्छु । अहिले न्युरोडपनि हतार हतारमै थियो । जाडो महिना भएको भएर होला झमक्क रात परिसकेको थियो । झिलिमिली बत्ति बलिरेको न्युरोड हुदै । न्युरोड गेट हुदै  आर. एन. ए. सी . हुदै हिड्छु । हल्ला खोर थियो बाटोमा गाडिवालाहरुको । “ शंखमुल , बानेश्वर , कोहिले फेरी बालाजु सामाखुसी ..... कोहिले कालिमाटि कलंकी .... आदि “ भन्दै चिच्चाउदै थिए गाडिवालहरु । सोच्छु” पेट त यसरी पाल्नेहरु पनि त छन् फेरी मलाई किन पढाईको दवाब ?”

            कतै सयमा तिनवटा मोजा भन्दै चिच्चाइरहेका सडक व्यापरीहरु थिए । कतै किताब बेचिरहेका थिए । सबै हर्दा फेरी त्यही सोच आयो । “यहा पनि जिवन चलिनै रहेको छ यसरी नै । यही हो काठमाण्डु । यहि हो यहाको कथा। यहा जो जसरी चल्न सक्छ त्यसरी नै जिवन चलाउन सक्छ। चाहे पढेर डाक्टर ईन्जिनिएर बनेर होस् । या गाडिमा मजदुरी गरेर । चाहे करोडौको लगानिको व्यापार गरेर होस् या सडक पेटिमा  सुपोमा सस्तो समान , कपडा , किताब लिएर नै होस् । सबै बाचिनै रहेका छन् ।परेको बेलामा सबै हासी नै रहेका छन् । दुई छाक सबैले टारीनै रहेका छन। “

            “ मङ्लबजार इमाडोल....... मङ्लबजार इमाडोल.......” यो आवाजले मेरो सोचालाई रोकेर आफुतिर खिच्छ । किनभने मलाई पुग्नु थियो ईमाडोल । त्यही गाडि चड्छु । साईडमा बालकुमारी लेखेको ट्याम्पु हुन्छ । त्यो देख्दा लाग्छ ‘ जति पैसा पाढाइको नाममा सढेर सके बरु त्यसो एउटा ट्याम्पु किनेर चलाएको भए केहि त हुन्छथ्यो जिवनमा ।  गाडि हिड्छ । साइडमा एउटि राम्री केटी परेकी रहिछ सिटमा । तल देखि माथि संम हेर्छु । आखिर केटा न परे । मिलेको शरिर । गुलाबि ओठ । निलो स्वीटर र कालो पाइन्ट ।

            गाडि आफ्नै गतिमा हिडिरहेको हुन्छ । हिन्दि फिलिमको मोहित चोहानले गाएको “तुम हो पास मेरे.....” भन्ने गित बजिरहेको हुन्छ । म त्यो केटीलाई हेर्छु लाग्यो गिन मेरै लागि बजिरहेको छ । मङ्गल बजार पुगेर गाडि रोकिन्छ । त्यो सुन्दर केटी त्यही जर्छे । र मेरो साइडमा एक जना मोटो केटा मान्छे बस्छ । कता कता दिक्क लाग्छ । त्यसपोछी पाटनको सुनधारा हुदै गाडि ग्वार्को पुग्छ । त्यहाँ एकछिन जाम हुन्छ । अनि फेरी गाडिले आफ्नो गति लिन्छ ।र इमाडोल पुग्छ ।

            “इमाडोल पुगेर बसबाट ओर्लिन्छु । अनि त्यो उचाइबाट बेलुकीको कोठमांडौ देखिन्छ । टाढा टाढा संम पिल पिल बत्ति बोलिरहेको काठमांडौ । सायद दिनभरको थकाइ मारेर आराम गर्न लागेको काठमांडौ । यो अचम्मको सहरमा कतिको सपना पनि यसरी नै आराम गर्दै होलान ।  कति सपना ताजा बनेर पलाईरहेका होलान । कति सपना यहि बेलुकीको रात्रीबसमा हार खाएर जादै होलान् । कति सपना यति बेला पनि सधै को लगि अलबिदा भनेर आर्यघाटमा जल्दै होलान् ।

                             यस्तै सपनाको थूप्रो बोकेर म पनि कुनै दिन यहि सहर पसेको थिए । खै ! तर आज एउटा हार मानेको बिधार्थी बनेर बसेको छु !! हुन त यहा होलान् म जस्तै हजारौ अतृप्त सपनाहरु जो यतिखेर भट्टिमा रक्शी संग आफ्नो दुःख पोख्दै  होलान । नशालाई आफ्निो सहारा बनाउदै होलान् । र कति सपना हार मानेर आत्म हत्या  समेत गर्ने तयारीमा  होलान ।

                           अनि आजको दिनलाई कथा र म त्यसको पत्र बनाएर सोच्छु । “ लाग्छ यो कथा हो जित्ने को । यो कथा हो हार्ने हो । यो कथा हो सफलताको ।  यो कथा हो असफलताको । समग्रमा यो कथा हो हार्ने , जित्ने , सफल आसफल , सबैलाई स्वीकार्ने सहर काठमांडौ को । हो यो कथा हो काठमांडौको ।“

            लुखूर लुखूर हिड्छु । बल्ल भोक संगै शरिर कमजोर भएको बोद हुन्छ । याद आउछ दिउस देखि खान्छु भनेर साचेको बफ मोः मोः को। हुन त ठिकै भो आफैले भनेझै सिनो भरेको मोः मोः नखाएको । पसलमा जान्छु चाउचाउ किन्छु । फेरी बुवाको याद आउछ । तर खै भवुन हुन्न । कोठामा जान्छु चाउचाउ पकाएर चिउरा संग खान्छु । ठुलै उर्जा मिलेको जस्तो हुन्छ । माथिबाट ठुलो प्लेन उडेको आवाज आउछ । सोच्छु लौ फेरी कति सपना बिदेशतिर उडेर गए ।

            फेरी एउटा चुरोट सल्काउछु । डाएरी निकाल्छु । र लेख्न बस्छु । त्यहि कथा जुन नियमित छ। हो लेख्न बस्छु “ कथा काठमानडुको” ।