जङ्गल को बिचमा राम्रो बगैचा, बगैचाको बिचमा सानो लिच्चिको रुख । त्यसको बगलमा मन्दिर अनि मन्दिरको पछाडी सानो कुटी । हो उ त्यो कुटी मा बस्थयो ।
म पहिलो पटक त्यो मन्दिरमा पुगेको थिए । पुजा गर्न होईन , घुम्न पनि होईन कोहीलाई भेट्न त झन् हुदै होईन तर हो आत्म हत्या गर्न । त्यति बेला मैले जिवन संग हारेर हिडेको अवस्था थियो र मर्ने ठुलै रहर पलाएर आयो । ठाउँ खोज्दै जादा मैले त्यही मन्दिरको रुखलाइ किन रोजे थाहा छैन ।
मन्दिर भित्र के छिरेको मात्र थिए । ठुलो फुलेको दाह्री र जुगा , सेतो धोति लगाएको अनी तालु खुइलेको उ भेट भईहाल्यो । म झसंङ्ग भएर ‘यहाँ पनि मर्न नपाईने भो , हरे भगवान मर्छु भन्दा पनि सुख छैन’ भनेर निस्कन के लागेको थिए पछाडि बाट आवाज आयो “पर्खि “ भनेर । सुरुमा त डर लाग्यो । तर पछि सोचे “ म त मर्न पो हिडेको मान्छे मलाई के को डर लौ जा पर्खिन्छु । उ आउछ मेरो नजिक र सोध्छ “तेरो जिवनमा यति धेरै पिडा किन” ?
“हँ......” म झन् जस्किन्छु फेरी सोच्छु यसलाई कसरी थाहा भो मेरो जिवनको पिडाको बारेमा , होईन यो जोगी साच्ची ज्ञान प्राप्त नै हो कि क्या “ ।
“ होईन बाबा त्यस्तो केहो पिडा छैन” भन्दा मेरो बोलि कापेको पनि थियो ।
फेरी उ भन्छ “ म संग झुट नबोल ! ल भन् तलाई के भयो ?”
म मेरो सबै कहानी उसलाई भन्छु र आफु मन्दिरमा आएको उदेश्य पनि उसलाई भन्छु । थाहा छैन किन हो त्यो अन्जान जोगीलाई मैले किन बिश्वास गरेको थिए । तर पनि केहि आशा नभई मान्छेले कस्लाई पो बिश्वास गर्ला र !
मेरो कथा सुने पोछि चिलिमको एक फन्को गाजा तान्दै उसले भन्छ “ तलाई के थाहा छ संसारमा तँ भन्दा दुःखी धेरै पनि छन् भन्ने कुरामा त हरुवा रहिछस् , साला भगेर मर्न हिड्ने । जिवन बाच्नलाई बनेको हो हार्नलाई होईन ।ल्याएको भोग भोगेरै मर्नु पर्छ । तँ संग इच्छा र बासना थियो जसको कारणले तैले यो जन्म लिन पर्यो । र यहि गल्ति तैले फेरी गर्दै छस् । फेरी अर्को जन्मको बाटो किन खन्दै छस् । जिवनबाट नटुटी कोहि भगवान्को खोजिमा हिड्दैन । त भाग्यमानि रहिछस् जो टुट्नु संम टुटि सकिस् । अब जोडिन सिक । ढोका आगाडी नै छ तर सत्यको चाबिले मात्र खुल्छ ।“
उसको यो भनाईले मलाई सायद साहारको मरभूमीमा पनि भेटेको जस्तै भयो । एउटा अचम्मकै सितलताले मलाई छोयो । र पनि एउटा प्रशन मैले उसलाई गरेरै छोडे । “मलाई हरुवा भन्नै तपाई आफू चाहि किन जिवनबाट भागेर जोगि हुनु भएको” । मेरो प्रश्न सुन्बे बित्तिकै ऊ धेरै नै हास्छ । बर्षौ देखि ब्रस नगेरका जस्ता उसका पहेला दात स्पसट देखाएर हास्छ । अनि उत्तर दिन्छ । सनो उत्तर । तर मिठो उत्तर । “ म पनि कुनै जन्म बाट नै त जस्तै भाग्दै हिडेको थिए। तर अहिले मलाई थाहा छ म कुन सोर्गमा छु भनेर ।“
एकछिन आखँ चिम्म गरेर बस्यो उ अनि फेरी बोल्न सुरु गर्यो “ त संग हिम्मत छ भने या त जंगल गएर बस् या त दरवार गएर । बिचको नर्कमा आफूलाई किन राख्छस् । मैले मेरै यिनै खुट्टाले हिडेर विश्व भ्रमण गरेको छु । बेलाएतको महारानी संग बर्षौ बेसेको छु । मक्का मधिना सम्म छिरेको छु । अल्ब्रट आइस्टाइलाई उसकै सिधान्त मा गलत सबित गरेको छु” ।
मलाई मन मनै लाग्यो साला ढोगीको फेला परेछु क्यारे यस्तो जोगिलाई कस्ले दियो होला भिषा र गर्यो होला विश्व भ्रमण । र पनि उसको कुरामा मलाई कता कता बिश्वास पनि लागेको थियो । उसको आखाँमा अर्कै किसिमको चमक पनि थियो । जे जस्तो भएपनि मलाई किन किन बाकि जिवन त्यहि जोगी संग यहि जंगलको कुटिमा बसेर बिताउकी जस्तो पनि लागेको थियो । फेरी याद आउछ घर परिवार । अगी संम मर्न हिड्दा याद आएन तर अहिले आयो खै किन ।
एकछिन म मौन हुन्छु । त्यो बाबा त झन् आखा चिम्म गरेर गहिरै मौनमा देखीन्छन् । तिनको संगै आफ्नो पनि मौनता भङ्ग गर्दै म प्रशन गर्छु फेरी “ बाबा तपाईको भगवान संगको भेट भएको छ र ? छ भने कस्तो अनुभव ?” यो पाली चाहि अनि कठोर हुदै बाबाले भन्छन् “ तिमीहरु हिन्दुहरुको त्रिदेव ब्रम्हा , बिश्नु र महश्वर केहि कामका छैनन् । जन्मौ संम म उनिहरुको खोजीमा भट्के । उनीहरुकै पछाडि पछाडि लागे तर अहिले आएर उनिहरु मेरो पछाडी हिड्छन” ।
त्यसपोछि मलाई असहि नै हुन्छ । हासो पनि लाग्छ र हास्छु मजाले। ठाडै भन्छु “तपाई एकदम गफाडि हुनुहुदो रहिछ बाबा मलाई पुग्यो । मलाई मर्नबाट बचाउनु भयो त्यसो लागी धन्यावाद” हस् त म जान्छु । सोचेको थिए सायद बाकी जिवन तपाई संग बिताउनु पर्ला भनेर तर अब पुग्यो । बरु जादा जादै हजुरको नाम के पो पर्यो” ।
बाबाको उत्तर आउछ “मेरो नाम के हो मलाई नि थाहा छैन तर मलाई शिवपुरी बाबा भनेर चिन्छन्” । म फेरी हासेर भन्छु “ ए त्यसो भए त यो जङ्गलको नाम तपाईकै नामबाट शिवपुरी भएको होला होईन त ?”
“नाई होईन बरु यो जङ्गलको नामबाट मेरो नाम शिवपुरी भएको हो । तैले मलाई चिन्न सिकिनस् फेरी आर्को जन्म पनि चुकिस् । हुन त बुद्दलाई पनि कस्ले नै चिन्न सक्यो र त्यो बेलामा । जा गएर आफ्नो जिवन बाँच् । तेरो सबै राम्रो होस् । अब जा म तलाई रोक्दिन तर एउटा कुरा याद गर्नु जिवनमा पाउने दुःखको जिम्मेवार हामि आफै हो । मेरो जिवन हेर एक सय सड्तिस बर्ष बाचि सके । अब मलाई यो शरिरको माया पनि छैन । मैले पाउनु पर्ने कुरा सबै पाए । हुन सक्छ तैले मलाई चिन्दा र फेरी फर्केर आउदा मैले शरिर छोडिसकेको हुन्छु । त्यति बेला पछुतो न मान्नु । र अर्को कुरा जिवन जसरी चलाऊन सक्यो त्यसरी नै चल्ने कुरा हो । यो कुरा जहिले याद गर्नु अब जा । त म संग कुरा गर्न खोजे पनि म गर्दिन त संग” ।
ति बाबाले त्यति भनेपोछि म त्यहाँ बाट हिड्छु । तर अहिले भने मन हलुका थियो मर्ने इच्छा कता कता हराएर गयो कता कता । संसार हेर्छु डाँडाको टुप्यो बाट भ्याएसंम । रुखहरुले गिन गाएजस्तो लाग्यो । टाढा काठमाण्डु शहर देख्थे र त्यहाको अनेकौ संघर्ष याद आयो । हुन पनि हो म मात्र थिइन दुःखी । सबै जना संघर्ष को बाटोमा हिडेको देख्थे । अनि फेरी सोच आउथ्यो कारण दुःखको “हो त बाबाले भने जस्तै पैसाको डौड जुन छोडेर जानै पर्छ एक दिन । मायामा हार तर जितेको भए के त ? इज्ययत तर कहि संमको ?” म नै आफै खाल्टो खनेको रहिछू दुःखको जस्तो लाग्यो । तर ति बाबा को थिए जस्को सानो शब्दले मेरो जिवननै पुर्ण रुपले अर्कै भएको थीयो ।
अनेक सोच संगै हिड्छु । बाटोमा एक जोडि चरा देख्छु लाग्छ यिनिहरु पनि त बाचेकै छन् । अगाडि बड्छु एक हुल बादर रुखमा थिए तिनीहरुको पनि त संसार हुदो हो जस्तो लाग्छ । फेरी हिड्दै गर्छु सानो पानिको मुहान भेट्छु र थोरै पानि पिउछु । लाग्यो सायद मै प्यासीको लागि भनेर यो पानिको मुल फुट्यो होला । अनेकौ प्रश्न र सोच संगै घर आउछु । तर किन हो मलाई त्यो दिन कोहि संग पनि बोल्न मन लाग्दैन । अर्कै आनन्दले म भित्र बास गरेको अनुभुति हुन्छ। बाबाको कुरा र त्यो बाबाको अनुवार सम्झन्छू एक सय सड्तिस बर्ष बाचेको रे । खै के सत्य होला त त्यो कुरा ! बिश्व भ्रमण गरेको रे झन् अचम्म लाग्दो कुरा !! के मैले नै त्यो बाबालाई चिन्न भुल गरेको हो त !!!
त्यो दिन म मझाले निदाउछू । अर्को दिन बिहान रेडियो नेपालले सात बजेको समाचार भनिरहेको थियो । जस्को प्रमुख समचारमै भनिएको थियो “शिवपुरी बाबा एक सय सढ्तिस बर्षको उमेरमा मृतु” । म झसंग हुन्छु फेरी । ल त्यो बाबाले भनेको सबै कुरा सत्य रहिछ । बाबालाई बिश्वास नगरेर मैले ठुलो भुल गरेछु । अनि बाबाको आत्माले सुनुस् भनेर संकल्प गर्छु “ बाबा मलाई माफ गर्दिनुस् , म अबबाट जिवनसंग कहिले हर्दिन , बरु बाच्छु । हरेक समयमा त्यहि समय अनुसानै बाच्नेछु । छोटो समयमा तपाईले दिएको शिक्षालाई सधै लागु गर्ने छु” । त्यस पोछोको जिवन मेरो अहिले संम जहा छु त्यही नै दरवार बनाएर बसेको छु । बाबाले भनेको दरवार मा बस् भन्ने शिक्षा बल्ल बुझेको छू । महसुस गर्न सक्यो भन्ने झुपडि पनि दरवा हुदो रहिछ र नर्क पनि स्वर्ग । हुन पनि हो बाबाले भनेझै कुनै बेला मेरो दुःखको करण म आफै थिऐ र अहिले जे पर्छ टर्छ भन्ने जाने त्यसको कराण पनि म नै हो ।
मलाई जहिले पनि आत्म गलानि छ , मैले बाबालाई कुनै मजाक जस्तरी उडाएको थिए । तर पनि ऊहाको शिक्षाले मलाई जहिले जिवन जिउने शैली सिकायो । हुन त हरेक बुद्ध पुरुलाई यहा यस्तै नै हो अगाडि हुदा उडाइन्छ , गालि गरिन्छ र मारिन्छ पनि तर गुमाऐपोछि उनीहरुको महानता गाईन्छ । कतै मैले पनि त्यही त गरिरहेको छैन ???
No comments:
Post a Comment