एक दिन बिहान अफिसको दाईले फोन गरेर भन्नु भयो “ भाई अचानक हामी कर्णाली जाने काम पर्यो , तिमी तयारी गर्दै गर म एकछिनमा तिमीलाई लिन आउछु ।“
कर्णाली मलाई निकै जान मन भएको ठाँउ हो । अनि म बहाना खोजी रहेको थिए कर्णाली जानको लागी । लाग्यो त्यो दिन मेरो सपना पुरा हुदैछ ।
एक घण्टाको आसपासमा त्यो दाई घरमै आउनु भयो । तर बाईकमा । माघ महिनाको कपकपाउदो जाडो बाईकमा जाने सुनेरै मन कस्तो कस्तो भयो । तर जानु नै थियो र बिकल्प केही थिएन ।
लगभग बिहानको दश बजे भैरहवाबाट हाम्रो यात्र सुरु भयो । सधै जाडोमा सितलहरले छोप्ने 'भैरहवामा' घाम नलागेको एक हप्ता भन्दा धेरै भैसकेको थियो । त्यो दिन पनि घाम लाग्ने सुरसार नै थिएन । र मलाई थाहा थियो दाङको केही भाग बाहेक सबै ठाँउमा हामी यस्तै सितलहरसंग लड्दै जानु पर्ने थियो ।
लगातार तिन घण्टाको यात्रा पछी । हामी कपिलवस्तुको कुनै अपरिचित ठाँउमा पुगेर रोकियौ ।
हामी एउटा चिया पसलमा पुग्यौ । चिया संगै गोजीबाट एउटा चुरोट निकालेर धुवाँको सर्को र चियाको चुस्की संगै लिएँ । समय त मस्तै घाम लाग्न पर्ने हो तर लागेको थिएन । बाटो पारी के छ भन्ने पनि थाहा नहुने गरी बाक्लो तुवालो लागेको थियो ।
हामी त्यहाँबाट हिड्ने तरखरमा थियौँ । बाईकमा चाबी राखेर मैले नै स्टार्ट गर्न लागेको थिए । कुहीरो भित्र केहि हल्ला सुनियो । र केही फुटेको वा फुटाएको जस्तो आवाज र मान्छेहरु चिच्चाइरहेको आवाज सबै संगै आएको थियो । यो सबै कुराबाट प्रश्ट अनुमान लगाउन सकिनथ्यो त्यहाँ कुनै हुलदंगा हुन गईरहेको छ ।
हुन पनि हो रहिछ । हामी भएको ठाँउबाट पारी पसलहरु भकाभक बन्द हुन लागे । अचानक एक हुल सुरक्षाकर्मी पनि गाडी र हतियर सहित आइपुगे । के भएको थियो , हुदै थियो मैले केही भ्याउ पाउन सकिरहेको थिईन । छेउमा संगै गएको दाईको अनुहारमा हेरेँ । म भन्दा पनि धेरै तनावमा उनी थिए मैले हेर्दा । र साहेद उनी भन्दा धेरै तनावमा म थिए होला उनले हेर्दा ।
हेर्दा हेर्दै दंगा ठुलै नै हुँदै गयो । बाँकी रहेका पसलहरु फुट्दै थिए । मान्छेहरु बाटोमा आगो बाल्दै थिए । कोही लाठी लिएर बाटोमा थिए । कोही घरेलु हतियार सङ्गै बाटोमा थिए । हामी एउटा आतंकको माहोलको बिचमा थियौ । आँखा अगाडी दंगाको दृश्य थियो । र आँखा झिम्काउँदा कतिबेला बिदेशमा भएको दाईको अनुवार आउँथ्यो । कतिबेला दुई बर्षको तोते बोल्ने भतिजाको । अनी कतिबेला आउँथ्यो आमा र भाउजुको । यसको मतलब मलाई मृतुको भयले छोईसकेको थियो ।
भएको के हो थाहा थिएन । तर पनि घाँटीमा भएको ओशोको फोटो भएको माला भित्र राखे । किनभने मलाई थाहा थियो त्यो मुश्लिम बस्ति भएको ठाउँ थियो । र अली बर्ष पहिले चनौटामा हिन्दु मुस्लिमको दंगामा कतिले बास नै गुमाएका थिए त कतिले सास नै गुमाएका थिए र कत्तिले आफ्ना आफन्तहरु गुमाएका थिए । यो ठाउँ पनि चनौटा आसपासमा नै थियो ।
अली समय पहिले हामीले चिया पिएको पसलका पसले हाम्रो नजिक आएर बाईक उनको भित्र राखेर हामी पनि त्यहिँ भित्रै बस्न भने । अनि हामीले उनले भनेको मान्न केही बेर लागेन र बस्यौँ पनि । सुरक्षाको त्यो भन्दा ठुलो अनुभुती मैले मेरो जिवनमा पहिला कहिल्यै पनि गरेको थिईन ।
मैले तिनै पसले दाईलाई सोधेँ 'भएको के रैछ' भनेर !
उनले भनेपछी थाहा भयो ‘एउटा हिन्दु पहाडिया केटा, जो त्यही सानो पसल गरेर बस्थ्यो उसले कुनै मुस्लिम केटीलाई भगाएर बिहे गरेछ । अनी दंगा सुरु भएको रहेछ । मुस्ल्लिमहरुले हिन्दुलाई काट्छु र हिन्दुहरुले मुस्लिमलाई काट्छु भन्दै हिडेका रैचन् । त्यती मात्र होईन मधेसीले पहाडियालाई र पहाडियाले मधेसीलाई काट्छु भनेर पनि हिडेका रैचन् ।
डरले सिमा नागिसकेको थियो। त्यसमाथी हामी एक त त्यो ठाँउको नै थिएनौँ । अर्को तर्फ हामी हेर्दा पहाडिया जस्तो थियौँ ।
तर पसलवालाले हामीलाई मान्छे मात्र देख्यो होला। सायद, उसलाई उ पनि मान्छे हो भन्ने याद भयो होला । त्यसैले उसले हामीमा र आफुमा केही भेद देखेन ।
***********************************************************
पसल भित्रबाट हामीले बाहिरको दृश्य अवलोकन गर्न सक्थ्यौँ । तर लुकेर मात्र । मैले हेर्दै थिएँ, त्यहाँ रोकेर राखेको ट्रक र बसहरुमा पनि आगो लगाउदै थिए एक हुलहरु ।
कोही सडकको बिच भागमा गएर चिच्चाएरै केही भन्दै थिए । कोलाहल थियो जताततै । जे सुनिन्थ्यो र जे देखिन्थ्यो सबै त्रशित थियो । लाग्यो हामी पनि त्यहाँ बसेर 'काल' लाइ कुर्दै छौँ ।
आमाले हिड्ने बेलामा “राम्रो संग जानु फोन गर्दै गर्नु “भनेको कुरा कानमा फेरी बज्यो ।
सानो भतिजाले हिड्ने बेलामा तोते बोलीमा "आउदा मलाई दुइता देलीमिल्क ल्याइदिनु हच्" भनेको याद आयो ।
दाईले हिजो फोनमा कुरा गर्दै गर्दा "घरको ख्याल गर्नु है समय खतरा छ" भनेको याद आयो ।
भाउजुको हसिलो अनुवारले कपडा प्याक गर्दा "जाडो निकै छ ख्याल गर्नुहोला" भनेर बाक्लो बाक्लो कपडा प्याक गर्दिएको याद आयो ।
सबैको यादले आँखा भरिएर रसायो । लाग्यो अब म त्यो बोलीहरु कहिल्यै सुन्न पाउँदिन ।
त्यही समयमा फेरी बाटोतिरबाट ठुलो आवाज आयो । हेरेँ अनी देखेँ । एउटा एम्बुलेन्स रोकेको थियो । र बन्दकर्ताले त्यसबाट सबैलाई निकाल्दै गर्दा एक जना अचेत भएको बृद्धलाई पनि निकाले । सायद उनी 'बिरामी' हुनुपर्छ ।
उसका आफन्त होलान् उनीहरुसंग बिन्ति बिसाउँदै थिए। तर उनीहरुले कसैको पनि कुरा सुनेनन् र बिरामीलाई बोकेर कतै अन्तै लगेर गए । लैजाँदै गर्दा एकछिन त देखेँ अनि फेरी कुईरोले छेक्यो खै अनि कता लगे कुन्नि थाहा नै भएन ।
मनमा अनेकौँ सोचहरु आए । आखिरमा नेपाली-नेपाली होईन र ? फेरी किन यस्तो ? किन हामी एक अर्कालाई मार्न र मर्न लागिपरेका छौ ? फेरी यो लडाईको फाइदा कसलाई ? मेरो सोच एउटै थियो "लडाईमा हार होस् या जित जतिजा एउटै हो ‘घाटा’ " । अनि यो लडाई के प्राप्तिको लागी ? हुनु भैसक्छ तर मान्छे त्यसलाई नै केन्द्र बनाएर किन बिनासको बाटो रोज्दछन् ?
बिचरा ति बिरामी बृद्ध ! उनले उपचार पाउन पर्ने उनको अधिकार होईन र ? अनी फेरी अधिकार, धर्म र जातको नामको यो लडाई किन र के को लागी ?
यस्तै सोचमा बग्दा बग्दै मेरो सातो गयो , जब कसैले हामी भएको ठाउँको ढोका ढकढकायो । डराई डराई ढोका खोल्दा थाहा भयो केही शुरक्षाकर्मीहरु रहेछन् । हामी त्यहाँ थुनिएपछि त्यही चिया पसले दाईले फोन गरेर बोलाएका रहेछन् ।
उनीहरुले हामीलाई रुपन्देहीको मुर्गिया भन्ने ठाउँ जुन त्यहाँबाट एक घण्टाको दुरीमा पर्छ त्यँहा सम्म स्कटिङ गरेर लैजाने भए ।
खुसीको सिमा थिएन आफु बाँच्न पाएकोमा । घर परिवारलाई फेरी भेट्न पाएकोमा ।
हामी त्यहाँबाट हिड्दा करिब दिउँसको चार बजेको हुँदो हो । जाडो त उस्तै थियो । कुईरो र सितलहरले यतीबेला सम्म पनि छाडेको थिएन ।
हामी त्यहाँबाट निस्किनु अगाडी त्यो चिया पसलले र उनका परिवारलाई धेरै धन्यवाद दियौँ । उनका एकदुई बच्चा पनि थिए तर कति थिए मैले ख्याल नै गरिन । सोध्न र सोच्नलाई दिमाख सहि ठाँउमा भएको भए पो सोचिन्थो होला । लाग्थ्यो दिमाखमा आँफू बाहेक अरु केही थिएन ।
त्यहाँबाट हिडेको सवा एक घण्टामा हामी 'मुर्गिया' आईपुग्यौँ । यहाँको जन जिवन शान्त थियो । अझ भनौँ निकै शान्त । सुरक्षाकर्मीलाई धन्यवाद दिएर हामी बुटवल तर्फको बाटो लाग्यौँ ।
बुटवल आउदा बेलुकी भैसकेको थियो । पसल र घरहरुमा बत्ति बलिरहेको थिए । एकमनले सोचेँ बुटवल रोकिएर ट्रफिक चोकको ठेलामा कफी पिएर फ्रेस भएर जाउँ । तर आतेकिएको मन चाँडो घर पुगेर भतिजालई काखमा च्यापेर धित मर्नेगरी रुन पनि मन थियो । भतिजाको प्रेमले नै मलाई तान्यो ।
अचम्म के थियो भने अफिसका दाई र म एउटै बाइकमा थियौँ । तर, हामी एक अर्का सङ्ग एक शब्द पनि बोलिरहेका थिएनौँ । दुबै जना मौन थियौँ । हुन त बोल्ने पनि के ? जे दृश्य देखियो र जे भोगियो दुवैले सङ्गै भोगियो । जति बोल्न थियो हामी आफै सङ्ग मनमनै बोलिसकेका थियौँ ।
****************************************************
रातिको लगभग आठ बजे घर पुगेँ । भित्र छिर्दा बित्तिकै केही नबोली भतिजालाई काख च्पाप्दै गर्दा बर-बर आँशुको धाराहरु आँफै बग्न थाले । बिचरा दुई बर्षको अबोध बालक उसलाई के थाहा म कत्रो संकट कटाएर आएँ भन्ने !! उ चाहिँ रुँदै “मेलो देली मिल्क खोई“ भन्दै थियो ।
मम्मि र भाउजु आउनु भयो कोठामा र दुवैलाई अंगालो हालेर दिनभरको कहानी सुनाएँ ।
बन्दको खबर रेडियो टेलिभीजनका समाचारमा पहिले नै भनी सकेको रहेछ । अनि मलाई पटक-पटक फोन गर्दा फोन नलागेर आमा र भाउजुको सात्तो नै गएको रहेछ । फोन नलागेको कुरा सुन्दा अचम्म लाग्यो र गोजी छामेँ । मैले त मेरो मोबाईल पनि हराइसकेको रहेछु । तर, कत्ति बेला हराएँ भन्ने चैँ पत्तो नै भएन । तर मोबाइल हराएकोमा दु:ख भने कत्ति पनि लागेन । पहिले नै थाहा पाएको भए पनि साहेद सोच्थेँ होला 'बाँचियो भने मोबाईल त जति पनि किन्न सकिन्छ' । बाँचेको थिएँ मलाइ त्यही नै ठुलो कुरा थियो ।
एकछिनमा फ्रेस भएर टि.भी खोलेँ । समाचार लगाएँ । हातको रिमोट आँफै खस्यो । होस नै उड्यो । समय पनि रोकियो कि झैँ लाग्यो कतै केसैको आवाज पनि सुनिन । अन्धकार बाहेक केही देखीन । किनभने टिभीमा त्यही अपरिचित ठाँउ देखाउँदै थियो । र त्यहाँ जलेका मान्छेहरु अनि घर । जलेका मान्छेहरु र घर अरु कुनै नभई त्यही चियापसले दाईको थियो । संगै उनको सबै बच्चा र परिवारलाई पनि जलाइएको रहेछ । जलाउनको पछाडी बाहाना एउटै थियो "मधेशी भएर पहाडियालाई दिनभर बचाएर पुलिसको जिम्मा लगाएको" ।
एकछिनमा जसोतसो मन बुझाउन खोजेँ । त्यो रात मलाई कत्ति पनि निद्रा लागेन । लागेको थियो त मात्र बाहिर कुईरो । र आकाश पुरै कालो । सितलहर तराईमा मात्र थियो । तर कालो कुइरो देशभर लग्न सुरु भयो । घाम लाग्दा पनि त्यो कुइरो लागिनै रह्यो । र नलाग्दा पनि लागिनै रह्यो ।
Sunday, August 30, 2015
Monday, August 17, 2015
कथा : काठको बाकस
बुवा बितेको भर्खर एक बर्षको बर्खी सकेको एक महिना जति भएको थियो होला। एक दिन आमाले मलाई र दाईलाई बोलाएर आचम्मको कुरा गर्नु भयो । आमाले दाईसंग “अब म पनि धेरै बाच्दिन होला त्यसैले बिनोद तैंले बिहे गर् । मलाई नाति अथवा नातिनीको अनुवार हेरेर मर्न मन छ “ भन्दा म र दाई एक अर्काको अनुवार हेरेको हेरै भएका थियौं ।
दाईले पर्तिकार नगरेको होईन तर आमालाई के भएको थियो एकोहोरो जित मात्र गर्न थाल्नु भयो । दाई आफै बेरोजगार थियो आफ्नै दुईवटा खुट्टामा हिड्न त गार्हो त्यसमाथि चारवटामा कसरी हिड्नु ! अझ आमाको कुरा अनुसार त छ वटामै हिड्नु पर्ने !! तर पनि केहि सिप लागेन दाईको हुन्छ भन्नु बाहेक अरु बिकल्पनै थिएन । अनि हुन्छ नै भन्यो पनि ।
त्यसपोछी केटी हेर्ने चक्कर सुरु भयो दाईको । एक पोछी अर्को गर्दै हेर्दै जाँदा एउटा चाहि मन पर्यो । सायद उनले पनि दाईलाई मनपराइछन् । कुरा अगाडी बढ्दै गयो । किनमेल सुरु भयो । गहना , लत्ता कपडा, महङ्गा सामान संगै थुप्रो ऋण पनि जोडियो । आमा खुसी हुनुन्थ्यो किनभने बुवा नभए पनि ठुलो जिम्बेवारि सकिदै थियो आमाको काँधबाट। म चाहि दङ्ग थिए दुलाहाको भाई बन्न पाएकोमा ।
बिवाहको दिन पनि आयो जन्ति सबै तयार भए । एकछिनमा हिडेपनि । पोखराबाट लेखनाथ जन्ति जानु धेरै बाटो थिएन , लगभक आधाघणटमै हामी बिवाह हुने ठाँऊमा पुग्यौ । दिनभर पणडितले जे जे गर्न लगायो त्यहि त्यहि गरे मेरो दाई र हुनेवाला भाऊजुले । बेलुकी बिवाह सकियो । अरुले के के पाए मलाई थाहा थिएन तर मैले चाहि सुनको औँठी र एक जोर कपाडा पाएको थिए दुलाहको भाई भएर ।
जादा जति जना गएपनि भरे फर्कदा हामी एकजना नँया मान्छे लिएर फर्केका थियौ घर । त्यसरी नै नेपाली चलन अनुसार भाऊजुलाई घरमा भित्राइयो । त्यसपोछीको दिनहरु निकै राम्रो गरी बित्दै थियो । भर्खर मात्र बुवा बित्नुभएको घाउमा मलम लाग्दै गएको थियो । भाउजुपनि साह्रै असल थिइन् । मलाई र आमालाई पनि साह्रै माया गर्थिन । सबैले आमालाई तेरि बुहारी लक्ष्मी जस्ति छ भन्दा आमा गजक्क पर्नु हुन्थयो खुसीले । अब अर्को समस्या के थियो भने घरको दाई र म दुवै बेरोजगार, बुवाको अउने थोरै पेनसनले खान मत्र ठिक्क हुने । के बचाउने र के ले ऋण तिर्ने भन्ने समस्याको तनाब चाहि हामी सबैको अनुहारमा झल्कीन लागेको थियो ।
फेरी दिन बित्दै गए । दाईको बिबाहको लगभक चार महिना भएको थियो होला । एक दिन सबै परिवार संगै भएको बेला दाईले अचम्मको निर्णय सुनायो । “ म अब बिदेश जान्छु , पैसा कमाएर सबै ऋण तिर्छु , अनि शुखसंग बसौला “ दाईले यसो भन्दा आमा त झसंगै हुनु भयो र सहमति दिनु भएन । हुन त भाउजुको पनि सहमति कहाँ थियो र यो कुरामा । तर यो पालो जित गर्ने पालो दाईको थियो र जित्यो पनि ।
त्सयको अर्को नै दिन दाई जिल्ला प्रशासन कार्यलाय कास्की पुग्यो र पसपोर्ट पनि बनायो । अनि फेरी अलि दिनमा काठमांडु पनि हिडि हाल्यो , कुनै एजेन्ट पनि भेटायो र जाने नै निश्चित गरेर मात्र पोखरा फर्कियो ।
फेरी दिन बित्न सुरु भो , एक महिना बितेको थाहानै भएन । हुन त बितेको समय जहिले यस्तै नै हुन्छ छिटो बितेजस्तो लाग्ने । ढिलो त आउने समयले मात्र गर्ने हो । घरको मुलढोका, ढोकाको दुइतिर अम्खरामा फुल राखेर साइत गरेको । आमा रुदै भन्नु हुन्छ “बाबु फोन गर्दै गर्नु , दुःख भयो भने फर्कि हाल्नु ! नुनिलो सुकिलो जे छ त्यही खाउला , जसरी सकिन्छ त्यसरी नै बाचुला !!” फेरी दाई भावुक हुदै भन्छ “ चिन्ता नगर्नुस् आमा, दुई बर्षको कुरा त हो त्यासपोछी फर्की हाल्छु नि म ! मेरो याद आयो भने माथि आकाशको चन्द्रमालाई हेर्नुस र बुझ्नुस् कि मेरो छोराले नि त्यहि चन्द्रमा हेरेको छ । आखिर यहाँबाट देखिने चन्द्रमा र त्यहाबाट देखिने चन्द्रमा एउटै हो । अनि कसरि मा टाढा हुनेछु त ?”
दाईले त्यसो भन्दा आमा झन् ठुलो ठुलो स्वरले रुनुभो । संगसंगै भाउजु पनि रुन थाल्नु भो । मा चाहि भावुक मात्र भएको थिए । रौं भने रुन आउदैनथ्यो , हाँसु भने सबै रोएको बेला कसरी हास्नु । के गर्नु-गर्नु भएको थियो तर मन भने नरमाइलो भएको थियो ।
***********************************************************************************
***********************************************************************************
दाई हिंड्यो घरबाट बिदा भएर, मा चाहि दाइको पोछी पोछी हिडे दाईलाई काठमांडु संम छोड्न। पोखराबाट हिडेको लकभक तिन घणटामा मुग्लिङ के पुगेका थियौ बाटो जाम थियो । पोछो बुझ्दा थाहा भयो बाटोमा एउटा गाडीले बच्चा किचेको कुरालाई लिएर स्थानिय बासीले बाटो बन्द गरेका रहिछन तर हाम्रो राम्रै भाग्य भन्नु पर्छ केही घण्टामा कुरा मिलेछ र बाटो खुल्यो ।
मुग्लिबाट हिड्दा सुर्य रातो रातो भएको थियो अनि त्यसको एकछिनमै कता बिलायो बिलायो । बिस्तारै तरा देखिन लाग्यो तर जुन देखिएन । थहा पाए औँसिको रात रहिछ , अध्यारो । दाई हिड्दा आमाको मुख जस्तो अध्यारो , भाउजुको मन जस्तो अध्यारो अनि बिदेश हिड्न लागेको दाईको जिवन जस्तो अध्यारो ।
काठमांडु पुग्न लागेको मात्र के थियौ नौबिशेमा अर्को जाममा परियो । नागढुङ्गामा बाटो बनाउन लागेकोले गर्दा नेपालीलाई यहा हुने जाम सामान्य जसतो भईसकेको थियो । तर त्याहाँ पनि धेरै बेर अड्किनु परेन एक घण्टामै खुल्यो र हामी काठमांडौ पुग्दा राति भइसकेको थियो त्यसैले अरु ठाउँ सम्भवनै भएन र गोङ्गबु कै कुनै एक होटेलमा पुगेर थकाई बिसायौं ।
दाई र मेरो बिच बाटोमा के के कुरा भए खासै याद छौन मलाई तर होटेलमा सुत्नु भन्दा अगाडी दाईले मलाई भनेको थियो “ हेर बाबु त पनि अब ठुलो भइस् , अली सोच त बुवा त बितिसक्नु भो अनी अब म पनि बिदेश हेडें । अब आमा र भाउजु तेरो जिम्मा । र अर्को कुरा तेरो भाउजुको पेटमा भर्खर एक महिनाको बच्चा छ । त्यसैले ख्याल गर्नु घरको अब सबै जिम्मा तरो टाउकोमा छ र तँ संग समय पनि छ त्यसैले राम्रो संग पढ्नु आमा र भाउजुको ख्याल गर्नु अनि आफ्नो पनि ख्याल गर्नु ।“ म हुन्छ भन्दै टाउको मात्र हल्लाउंछु ।
त्यो दिन थाकेको भएर होला सार्है मजाले निदाए म । दाई के गर्यो मलाई थाहा भएन । अनि फेरी अर्को दिन बेलुकी साढे सात बजेको कतार एयरको फ्लाइट दाईको । हामी तिन बजेतिर एयरपोर्ट पुग्छौ । दाईले आम र भाउजुलाई फोन गर्छ भित्र छिर्ने बेला भयो भन्न । फोन राख्दा दाईको आखाँ पनि रातो भएको थियो । दाई भित्र छिर्ने समय हुन्छ । रगतको नाता न पर्यो मेरो पनि आफै आखाँबाट आँशुको धारा नै बग्न थाल्यो । त्यति साह्रो त म कहिले रोएको थिइन । सायद बुवा बित्दा पनि ।
दाई भित्र गएको धेरै समयसंम एयपोर्ट बाहिर नै बसे एक्लै । माथि आकाशबाट ठुलो आवाज आयो हेरे कतार एयर लेखेको बिमान उडयो । मेरो दाईलाई बोकेर , हाम्रो घरको सपना बोकेर , हम्रो मात्र किन हजारौ नेपालीले दिन दिनै देख्ने लाखौं सपना बोकेर ।
त्यसको अर्को नै पोखरा फर्कीन्छु । खै ! किन किन मन आफैमा नरमाईलो लाग्छ !! भउजुलाई हेर्छु , अनी आमालाई पानि कता हो कता केही गुमाएको जस्तो अनुवार देख्छु दुवैमा । त्यो देख्दा झन् दुःख लाग्छ । हसाउन र मजाक गर्न मलाई आउथेन त्यसैले नि होला सायाद । कहिले कसो एक्लै लेकसाइडतिर घुम्न जान्थे तर झन नरामाईलो लाग्थ्यो । सानो हुदा बुवा,आमा म र दाई बेला बेला घुम्न आएको यादले सताउन्त्यो । फेरी त्यही नजिक बशुन्धरा पार्क पनि थियो जहा सानोमा दाई र म भागेर पिङ्ग र चिप्लेटि खेल्न जान्थ्यौ । बास्तवमा आमा र भाउजु भन्दा नि मैले नै धेरै कुरा गुमाएको छु कि जस्तो पनि लाग्थ्यो । तर आमाको र भाउजुको दुःख उनीहरुलाई नै थाहा थोयो होला मेरो मलाई नै । सबलाई आफ्नै दुःख ठुलो लाग्ने त हो संसारमा ।
॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒****************************************************************************
॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒****************************************************************************
दिन दिनै गर्दै भाउजुको पेट ठुलो हुदै गइरहेको थियो । आमा र भाउजु दुबैको आश ठुलो थियो । सायद सात समुन्द्र पारी पनि ठुलै आशा थियोहोला हुनेवाला बावुलाई । त्यही बेलामा मलाई चाही बाह्र कक्षामा तिन बिषय लागेर फेल पनि भइएको थिए । तर किन हो कुन्नि मतलबनै लागेको थिएन । दशै आयो , ठ्याक त्यही बेला बिदेशबाट पैसा पनि आयो । त्यही पैसाले घरको समान अनी दशैको कपाडाहरु पनि किनेका थियौं हामीले ।
टिकाको दिन पनि आयो । भाउजु आएपछीको पहिलो टिका अनी दाई गएपछिको पनि पहिलो टिका । तटिकाको ठ्याक साइत हुने बेला घरको फोन बज्यो । उठाउँछु दाईको फोन रहिछ । आँखाबाट आफै आँशु पो बग्न लाग्यो मेरो त । कुरा गर्न सकिन आमालाई फोन दिए । आमा त झन् के कुरा गर्न सक्नु हुन्थ्यो र बिचरा आमाको मन न पर्यो । त्यो बर्षको दशैको टिका रोएरै बित्यो हाम्रो ।
त्यसपोछी धेरै समयसम्म दाईको फोन आएन । न त यताबाट गर्दा लाग्यो । पुस महिना संगै बेस्करी जाडो पनि सुरु भयो । तर दाईको फोन न आयो नै न त लाग्यो नै । पोखराको ठाँउ पानिको कुनै भर नै नहुने एक रात मजाले पानि परिरहेको बेला भाउजु बेस्मारी कराउन थाल्नु भयो दुख्यो भनेर । मैले फोन घुमाए । एम्बुलेन्स आयो । अस्पताल पनि पुगियो ।
प्रसुति कक्षको बहिर म, बित्र आमा र भाउजु । कुर्दा कुर्दै बिहान नै भयो । भित्रबाट केही खबर थिएन। दाईलाई फोन फेरी घुमाउछु , खबर त उता पनि केहि थिएन । अत्ति झ्याउ लग्यो के गरु के नगरु जसतो पनि भयो । बिस्तारै घाम पनि झुल्किन लाग्यो । बाहिर निस्किए अनि त्यो दिनको पत्रिका किनेर ल्याए ।
पत्रिकाको पहिलो पाना मात्र के पल्टाउन भ्याएको थिइ । पुरै शरिरमा पसिना आयो, शरिर थरर.... थर... काप्न थाल्यो । जता त्यतै अन्धकार देख्न थाले मैले । त्यही बेलामा आमा आउनु भयो र भन्नुभो “ ल बधाई छ तलाई ,मलाई , हामी सबलाई ! तेरो दाईको छोरा भयो ठ्याककै तरो दाईको अनुवार भएको !!” तर मेरो मुख धेरैनै अध्यारो भएको देखेर फेरी आमाले सोध्नुभो “के भयो तलाई ? किन मुख कालो गरेछस् ?”
म मौन हुन्छु , आमाले हातको पत्रिका खोस्नु हुन्छ अनि सिधै बेहोश् हुनुहुन्छ । पत्रिकाको प्रमुख पेजमै लेखेको हुन्छ “ खाडिमा बिनोद शर्मा नमाक युवकको छतबाट खसेर मृतु” । आमालाई त्यही अस्पतालको आई. सी. यु. मा लगिन्छ । मेरो दिमागमा सोचाई खेल्न थाल्छ “ फेरी नया जिवना संसारमा आयो र अर्को गयो । एउटा आमाको काख गयो र अर्को आमाको काख भरियो । हरे भगवान धन्य छौ तिमी हाम्रो परिवारमा दुई जना बावु नाभएको टुहुरा र दुई जना बिदुवा गरायौ ।“ फेरी दाईले हिड्ने बेलामा आमालाई भनेको कुरा सम्झन्छु “ हो चन्द्रमा त्यही नै हुन्छ चाहे दाई या कोही संसारमा होस् या न होस् । र चाहे दाईको छोरा होस् या अन्य कोही
जन्मुन साक्षी नै होला त्यही जुन । तर दाईले जुन दिन भनेको थियो त्यो दिन नै औंशी परेको ठ्याक्क याद आउछ मलाई ।
जन्मुन साक्षी नै होला त्यही जुन । तर दाईले जुन दिन भनेको थियो त्यो दिन नै औंशी परेको ठ्याक्क याद आउछ मलाई ।
दुई दिन पोछि आमालाई पनि आई. सी. यु. बाट निकालियो । तर घर भने लगिएन बरु लगियो सेतो कपाडामा बेरेर सेति को बगरमा र जलाईयो त्यही ठाउँमा जुन ठाउँमा जहाँ पहिले नै बुवालाई जलाईको थियो । दाई पनि फर्कियो अलि दिनमा तर कतार एयरको सिटमा बसेर होईन बरु काठको बाकसमा सुतेर ।
Thursday, June 11, 2015
कथा : दबेको आवाज
अचानक एक दिन बिहानै अमरले आत्म हत्या गरेको खबर टोलभरी फैलिन थाल्यो । मान्छेहरु आफ्नै आफ्नै अड्कल काट्न थाले । कोहीले भन्थे "कस्तो कातर रैछ हिम्मत नभएको ।" फेरी अर्कोले त्यसमै थप्यो "भुत्रो कातर हो आफैलाई मार्ने खुबी हुन र मुटु र हिम्मत चाहिन्छ ।"
अर्को आवाज आउथ्यो "मर्ने त मरेर गयो उसकी बुढीको र छोछोरीको के होला अब!"
यस्ता धेरै अड्कलवाज र बहस हुन थाले । सबै जना अच्म्मित थिए । आखिर अमर किन मर्यो त ! मर्नु पर्ने तेती ठुलो कारण त थिएन । पैसा र धनसम्पतीको मामिलामा उ सम्पन्न नै थियो । दुईवाटा बच्चा त्यो पनि जुम्लिया छोरा र छोरी थिए उसका । स्वास्नी पनि अरुकी भन्दा राम्री नै थिई । अं साच्ची ! अड्कल काट्नेले त "मुर्दारलाई छोछोरीको अनुवार पनि याद आएनछ र मर्यो" पनि भनेका थिए । के सच्ची उसलाई सबै कुराबाट मन मरेको थियो त ?
उसको आत्म हत्या रहस्य भएको थियो । के थियो कारण ? कतै यो हत्या त होईन ? हत्या भए कसले मार्यो उसलाई ? यस्ता बहसपनि थुप्रो चले टोलमा ।
तर एउटा कुरा साफ थियो बितेको केही समयलाई पछाडी फर्केर हेर्ने हो भनी अमर अली महिना बाट त्यती खुसी देखिन्थेन । केही कारण थियो जसले उसको हसिलो अनुवारलाई कालो बनाउदै मृत्यु संम पुरायो । हुन त उसकी छिमेकीकी स्वास्नीले दिन दिनै टोलका अरु आइमाईलाई कुरा काट्दा उसको घरमा आजकल दिन दिनै झगडाको आवाज सुनिने कुरा गर्थिन् ।
भएको के थियो कसैले चाल पाएन टोलमा र त्यो आत्महत्या नै साबित भयो । दिन बित्दै गयो हरेक डुबेको सुर्यसंगै र अर्को दिनको उदाउदो सुर्यसंगै । मान्छेहरुले उसलाई बिस्तारै भुल्दै पनि गए । हुन पनि कसलाई फुर्सद यहाँ अरुको बारेमा सोच्ने र सम्झने । हरेकको आफ्नै कथा , ब्यथा र पिर छ । मरे पोछि एक दुई दिन हाई हाई कमाउछन् मान्छेले समाजमा , पोछी त कहिले काही कोही कोही बाहेक सबको दिमागबाट बाई बाई हो ।अमर पनि त्यस्तै भयो ।
तर फेरी अचानक एक दिन सारा टोलको ध्यान अमरकै घरले तान्यो । टोलमा गाँई गुँई हुन लाग्यो । ना ना थरीको अड्कलबाजी र बहस सुरु भए ।
"अमरकी स्वासी त पोईला गई रे !"
कुरा काट्ने र बहस गर्नमा सक्रिय यसपाली भने आईमाईहरु धेरै थिए ।
"नाठीलाई पोई मरेको ६ महिना न हुदै अर्को नाठो संग गई ।"
"बाहिर नाठो राखेकी रैछ र पो पोईलाई खाई "
"कति नृदही र धिन लाग्दी रैचे आईमाईको नाममा कलङ्क"
यस्ता धेरै कुराहरु टोलका घर घरमा बिशेष गरेर जहा आईमाईको जमघट हुन्थ्यो त्यहा सुनिन थाल्यो ।
हुन त उसका पक्षका मान्छे पनि थिए । "स्वास्नी मरे लोग्नेले अर्की ल्याउन हुने लोग्ने मर्दा स्वासनीले किन नहुने । जवानी थियो गइ के बिराई" पनि भन्थे मान्छेहरु ।
------------------------------------------------------------------------------------------------------------
कथाले फेरी अर्को मोढ लियो । अमर मरेको करिब आठ महिना पोछी एक दिन फेरी अर्को हल्ला फैलियो । उसकी स्वास्नीलाई पुलिसले लग्यो रे ! यसपाली चाही हल्ला पत्रिकामै छापिएको थियो र यो कुरा हल्ला नभएर साँचो पनि थियो ।
हुन पनि अब चाही मान्छेहरुमा पक्का प्रश्नवाचक चिन्न बनेको थियो "के अमरको हत्या उसकी स्वास्नीले गरेको हो ? अथवा के त्यो आत्म हत्या नै थियो ?
अमरकी स्वास्नीलाई पुलिसले लगेर बिभिन्न केरकार गर्न सुरु गर्यो । अनेकौ कोसीस पोछी उसले स्वास्नीले बयान दिन तयार भई !
उनीहरुको प्रेम बिवाह भएको थियो । बिवाहको अली समय सम्बन्ध धेरै नै राम्रो थयो । यसै बिचमा दुई वटा जुम्लिया बच्चा पनि जन्मिए । तर सम्बन्धले अचानक अर्कै मोढ लियो जब अमरकी स्वास्नी को पुरानो प्रेमी उनिहरुको जिवनमा भिलेन भनेर आयो ।
हुन त उसले अमरलाई आफ्नो पुरानो प्रेमीको बारेमा भन्न त पहिले नै भनेकी थि । जसले उसको शरिरको हरेक पटक जहा र जसरी मिल्छ लिनु फाइदा लिने गरेको थियो । तर रस जति निलेर छोक्रा बनाएर छोडेको थियो । यसै बिचमा अमर संग भेट भयो । उसलाई सबै कुरा भनी । प्रेम बस्यो । बिहे भयो । अनी दुईवाटा जुम्लिया बच्चा भयो ।
तर आफ्नो पहिलो प्रेम जसलाई आफ्नो कुमारीत्व सुम्पिएको मान्छे कुनै पनि स्त्रीलाई भुल्न गार्हो हुन्छ । उसलाई पनि त्यस्तै भयो ।
पुरानो प्रेमीले आफू संग संपर्क बढाए लगतै आफ्नो पतिलाई दुश्मन जस्तो देख्न थाली । पतिले छुएको समेत मन पर्न छोड्यो । यती संम कि बच्चाहरुको पनि माया लाग्न कम हुदै गयो । त्यसको परिणाम घरमा दिनदिनै झगडा ।
कुरा यती भयानक हुदै गयो की आफ्नै पतिलाई उसले बारम्बार तैले मलाई बलत्कार गर्छस् भनेर झुटो आरोप लगाउछु र समाजमा तलाई ध्वस्त पार्छु भनेर दिन रात धम्की दिन थाली । उसको पति लाचार हुदै गएको थियो । प्रेम को बदलामा उसले दिन रात घृणा मात्र पाउथ्यो । हुन पनि स्त्रीले भनेपोछी कानुनले पनि सोझै पुरुषलाई बलत्कारको मुद्धामा कारवाई अगाडी बढाई हाल्छ । बिचर अमर गरुस् पनि के ।
यसरी अमर दिन दिनै आफ्ने स्वास्नीबाट हुने मानसिक हिंसको सिकार हुदै गएरहेको थियो । यती सम्म कि राती बिस्तरामा उनीहरु संगे सुत्थे । कुनै दिन शाररिक संपर्क भई हाल्यो भने पनि राति उसकी स्वास्नीले उती नै खेर "य्यु रेपर य्यु रेप मी ....." यस्तै भन्दै रुवाईको तान्डव गर्थी । त्यसोपोछी चाही एउटेै कोठामा पनि उनीहरु संगै सुत्न छाडेका थिए ।
एक दिन अत्ति भएर अमरले आफ्नी स्वास्नीलाई भन्यो "हामी छुट्टियौ तर बच्चा मलाई चाहिन्छ । म तिमीलाई जति सम्पत्ति चाहिन्छ दिन्छु । उसैसंग बिहे गरेर बस ।"
अमरले यती के भनेको थुयो फेरी उसकी स्वास्नीले तान्डव सुरु गरी । वास्तबमा उसको पुरानो प्रेमी उसलाई बिहे गर्न कुनै पनि हालतमा तयार थिएन । नत्र उ अमरलाई छोडेर कहिले उसैसंग गई सक्थी ।
अमरले छुट्टियौ भनेको दिन उसले यस्तो काम गरी जुन कसैले कल्पना समेत गर्न सक्थेन । उसले त्यसै दिन अमरको एउटा साथिलाई फोन गरेर बोलाई । र , आफ्नै पतिको मिल्ने साथिसंग मिलेर आफ्नो ईमान, इज्यत सबै भुलेर शरिरको एउटा झुटो प्यास मेटाई ।
जब अमरले यो कुरा थाहा पायो उसको दिमागले काम गरेन । मात्र उसको सोचाईमा उसले सुनेको कुरा आयो । उसले सुनेको थियो सम्बन्धको कुरामा लोग्ने मान्छे भन्दा आईमाई धेरै गुना ईमान्दार हुन्छन् । तर यहा उल्टो भयो । उसकै स्वास्नी जसले बिहे अर्कै संग गरी , प्रेम अर्कैलाई गर्छे र शरिर अर्कैलाई । फेरी उसलाई आफ्नै मिल्ने साथीको याद आयो जसलाई उसले आफैलाई भन्दा बढी बिस्वास गर्थ्यो उसले नै आफ्नै स्वास्नी संग मिलेर आफुमाथी तेत्रो घात गर्ला सोचेको पनि थिएन । आफू जताततैबाट बलकृत भएको आभास भो अमरलाई । संसार उसले एकदम कालो देख्न थाल्यो । केही सोचेन डोरी खोज्यो । घर पछाडीको रुखमा गएर संसार छोड्यो ।
कथा यही सकिएन । अमर मरेको छ महिना पोछी उसकी स्वास्नीलेे उसकै त्यही साथीसंग बिहे गरी । बच्चालाई होस्टेलमा राखी। उसको प्रेमी कहा गयो उसलाई पनि थाहा भएन ।
जब पुलिसमा उसले दिएको बयानको आधारमा यो कथा बहिर आयो । अनि फेरी समाजले अर्को कुरा सोच्नै पर्ने देखियो । बहस र बिवाद त ठाँउ ठाँउका चियापसल देखी भट्टीपसल संम हुन्थ्यो । तर एक जनाले भनी रक्सीको तालमा खुब मजाको कुरा गर्यो । समाजमा नारी हिंसाका कुरा खुब भए । अब पुरुषमाथी हुने हिंसाको पनि कुरा गर्ने बेला आएको हो की ?
------------------------------------------------------------------------------------------------------------
कथाले फेरी अर्को मोढ लियो । अमर मरेको करिब आठ महिना पोछी एक दिन फेरी अर्को हल्ला फैलियो । उसकी स्वास्नीलाई पुलिसले लग्यो रे ! यसपाली चाही हल्ला पत्रिकामै छापिएको थियो र यो कुरा हल्ला नभएर साँचो पनि थियो ।
हुन पनि अब चाही मान्छेहरुमा पक्का प्रश्नवाचक चिन्न बनेको थियो "के अमरको हत्या उसकी स्वास्नीले गरेको हो ? अथवा के त्यो आत्म हत्या नै थियो ?
अमरकी स्वास्नीलाई पुलिसले लगेर बिभिन्न केरकार गर्न सुरु गर्यो । अनेकौ कोसीस पोछी उसले स्वास्नीले बयान दिन तयार भई !
उनीहरुको प्रेम बिवाह भएको थियो । बिवाहको अली समय सम्बन्ध धेरै नै राम्रो थयो । यसै बिचमा दुई वटा जुम्लिया बच्चा पनि जन्मिए । तर सम्बन्धले अचानक अर्कै मोढ लियो जब अमरकी स्वास्नी को पुरानो प्रेमी उनिहरुको जिवनमा भिलेन भनेर आयो ।
हुन त उसले अमरलाई आफ्नो पुरानो प्रेमीको बारेमा भन्न त पहिले नै भनेकी थि । जसले उसको शरिरको हरेक पटक जहा र जसरी मिल्छ लिनु फाइदा लिने गरेको थियो । तर रस जति निलेर छोक्रा बनाएर छोडेको थियो । यसै बिचमा अमर संग भेट भयो । उसलाई सबै कुरा भनी । प्रेम बस्यो । बिहे भयो । अनी दुईवाटा जुम्लिया बच्चा भयो ।
तर आफ्नो पहिलो प्रेम जसलाई आफ्नो कुमारीत्व सुम्पिएको मान्छे कुनै पनि स्त्रीलाई भुल्न गार्हो हुन्छ । उसलाई पनि त्यस्तै भयो ।
पुरानो प्रेमीले आफू संग संपर्क बढाए लगतै आफ्नो पतिलाई दुश्मन जस्तो देख्न थाली । पतिले छुएको समेत मन पर्न छोड्यो । यती संम कि बच्चाहरुको पनि माया लाग्न कम हुदै गयो । त्यसको परिणाम घरमा दिनदिनै झगडा ।
कुरा यती भयानक हुदै गयो की आफ्नै पतिलाई उसले बारम्बार तैले मलाई बलत्कार गर्छस् भनेर झुटो आरोप लगाउछु र समाजमा तलाई ध्वस्त पार्छु भनेर दिन रात धम्की दिन थाली । उसको पति लाचार हुदै गएको थियो । प्रेम को बदलामा उसले दिन रात घृणा मात्र पाउथ्यो । हुन पनि स्त्रीले भनेपोछी कानुनले पनि सोझै पुरुषलाई बलत्कारको मुद्धामा कारवाई अगाडी बढाई हाल्छ । बिचर अमर गरुस् पनि के ।
यसरी अमर दिन दिनै आफ्ने स्वास्नीबाट हुने मानसिक हिंसको सिकार हुदै गएरहेको थियो । यती सम्म कि राती बिस्तरामा उनीहरु संगे सुत्थे । कुनै दिन शाररिक संपर्क भई हाल्यो भने पनि राति उसकी स्वास्नीले उती नै खेर "य्यु रेपर य्यु रेप मी ....." यस्तै भन्दै रुवाईको तान्डव गर्थी । त्यसोपोछी चाही एउटेै कोठामा पनि उनीहरु संगै सुत्न छाडेका थिए ।
एक दिन अत्ति भएर अमरले आफ्नी स्वास्नीलाई भन्यो "हामी छुट्टियौ तर बच्चा मलाई चाहिन्छ । म तिमीलाई जति सम्पत्ति चाहिन्छ दिन्छु । उसैसंग बिहे गरेर बस ।"
अमरले यती के भनेको थुयो फेरी उसकी स्वास्नीले तान्डव सुरु गरी । वास्तबमा उसको पुरानो प्रेमी उसलाई बिहे गर्न कुनै पनि हालतमा तयार थिएन । नत्र उ अमरलाई छोडेर कहिले उसैसंग गई सक्थी ।
अमरले छुट्टियौ भनेको दिन उसले यस्तो काम गरी जुन कसैले कल्पना समेत गर्न सक्थेन । उसले त्यसै दिन अमरको एउटा साथिलाई फोन गरेर बोलाई । र , आफ्नै पतिको मिल्ने साथिसंग मिलेर आफ्नो ईमान, इज्यत सबै भुलेर शरिरको एउटा झुटो प्यास मेटाई ।
जब अमरले यो कुरा थाहा पायो उसको दिमागले काम गरेन । मात्र उसको सोचाईमा उसले सुनेको कुरा आयो । उसले सुनेको थियो सम्बन्धको कुरामा लोग्ने मान्छे भन्दा आईमाई धेरै गुना ईमान्दार हुन्छन् । तर यहा उल्टो भयो । उसकै स्वास्नी जसले बिहे अर्कै संग गरी , प्रेम अर्कैलाई गर्छे र शरिर अर्कैलाई । फेरी उसलाई आफ्नै मिल्ने साथीको याद आयो जसलाई उसले आफैलाई भन्दा बढी बिस्वास गर्थ्यो उसले नै आफ्नै स्वास्नी संग मिलेर आफुमाथी तेत्रो घात गर्ला सोचेको पनि थिएन । आफू जताततैबाट बलकृत भएको आभास भो अमरलाई । संसार उसले एकदम कालो देख्न थाल्यो । केही सोचेन डोरी खोज्यो । घर पछाडीको रुखमा गएर संसार छोड्यो ।
कथा यही सकिएन । अमर मरेको छ महिना पोछी उसकी स्वास्नीलेे उसकै त्यही साथीसंग बिहे गरी । बच्चालाई होस्टेलमा राखी। उसको प्रेमी कहा गयो उसलाई पनि थाहा भएन ।
जब पुलिसमा उसले दिएको बयानको आधारमा यो कथा बहिर आयो । अनि फेरी समाजले अर्को कुरा सोच्नै पर्ने देखियो । बहस र बिवाद त ठाँउ ठाँउका चियापसल देखी भट्टीपसल संम हुन्थ्यो । तर एक जनाले भनी रक्सीको तालमा खुब मजाको कुरा गर्यो । समाजमा नारी हिंसाका कुरा खुब भए । अब पुरुषमाथी हुने हिंसाको पनि कुरा गर्ने बेला आएको हो की ?
Monday, May 25, 2015
मान्छेहरु
मान्छेहरु यहाँ
आफैलाई बेचिरहेका छन्
अरुलाई किन्नलाई ।
मान्छेहरु यहाँ
पल पल मरिरहेछन्
एकदिन बाच्नलाई ।
एक सपना जिन्दगीको
खुसी कमाउने
अर्को सपना मृतुको
मृतु पोछी नाम कमाउने ।
होडबाजीमा लागेका मान्छेहरु
अरुलाई मान्छे देख्दैनन्
सपनामा बाचेमा मान्छेहरु
ब्युजिएर बिपना देख्न चाहादैनन् ।
एक टुक्रा कपडाले आफैलाई
ढाकेर मान्छेहरु
आफू नाङ्गो छु भन्ने भुलीरहेछन्
टुटको ऐना अगाडी बसेर
मान्छेहरु आफ्नो अरुवारको
दाग मेटाईरहेका छन् ।
सायद यही नै होला
मान्छेहरुको यथार्थ
सायद यदी नै सिके होलान्
मान्छेहरुले भ्रमा मात्र बाच्न ।
Wednesday, May 20, 2015
मेरो कोठा
केहि तस्बिर झुन्डिएको भित्ता
तल सानो खाट
यत्र तत्र फालिएका लुगाहरु
कुनामा हस्तमैथुनको ब्रिय्य लागेका
टिस्यु पेपरहरुको टुक्रा
सिरानी र त्यसको तल
प्रयोग हुन नपाएका कन्डमहरु
हो यो मेरो कोठा हो जसमा बसेर मैले हजार सपना देखेको छु आफैसंग हासेको छु, आफैसंग रोएको छु कहिले यो कोठा मेरो लागि स्वर्ग बन्छ र कहिले आफै नर्क बन्छ
छेउको टेबल अनी एउटा त्यसमा कम्पुटर अनी संगै छितारिएका ब्लु फलिमका सिडिहरु कुनामा ऐना जस्ले म जस्तो आकृती देखउछ तर खै किन अक्षर चाहि उल्टो देखाउछ जता ततै फालिएका चुरोटका ठुटा र खरानी अनी अर्को कुनामा गनाएको मोजा
हो यो मेरो कोठा हो जसमा मैले मेरो संसार पाएको छु आफैमा रमाएको छू आफैमा हराएको छु कहिले एक्लै यहि मजाले हासेको छु कहिले हजार थोपा आशु यहि बगाएको छु हो यो मेरो कोठा हो मेरो आफ्नै संसार हो हो यो मेरो कोठा हो यस्ले मेरो व्यक्तित्व झल्काउदो हो ।
हो यो मेरो कोठा हो जसमा बसेर मैले हजार सपना देखेको छु आफैसंग हासेको छु, आफैसंग रोएको छु कहिले यो कोठा मेरो लागि स्वर्ग बन्छ र कहिले आफै नर्क बन्छ
छेउको टेबल अनी एउटा त्यसमा कम्पुटर अनी संगै छितारिएका ब्लु फलिमका सिडिहरु कुनामा ऐना जस्ले म जस्तो आकृती देखउछ तर खै किन अक्षर चाहि उल्टो देखाउछ जता ततै फालिएका चुरोटका ठुटा र खरानी अनी अर्को कुनामा गनाएको मोजा
हो यो मेरो कोठा हो जसमा मैले मेरो संसार पाएको छु आफैमा रमाएको छू आफैमा हराएको छु कहिले एक्लै यहि मजाले हासेको छु कहिले हजार थोपा आशु यहि बगाएको छु हो यो मेरो कोठा हो मेरो आफ्नै संसार हो हो यो मेरो कोठा हो यस्ले मेरो व्यक्तित्व झल्काउदो हो ।
Tuesday, May 19, 2015
पसिना
बुटवलबाट भैरहवा आउने बस
ठुटीपिपलमा रोकिन्छ
अनी ,
चढ्छन् एक हुल मानिस
डुङ्ग मिहेनतको पसिना गनाउदै
निरास मिहेनतको थकिन अनुवार लिदै
ठुटीपिपलमा रोकिन्छ
अनी ,
चढ्छन् एक हुल मानिस
डुङ्ग मिहेनतको पसिना गनाउदै
निरास मिहेनतको थकिन अनुवार लिदै
तर ,
ऊनीहरुलाई के थाहा
यहाबाट टाढा धेरै टाढा
केन्दमा एक एर्का हुल छन्
जो यिनिको अधिकार भन्दै
यीनका अनुवारमा
हिम्सा रोप्न खोज्दैछन्
यिनका अधिकारको नामना
मिहेनेती हातमा
हतियार दिन खोज्दै छन्
यिनको मिहेनतको पसिनाको ठाउमा
रगतको गन्द फैलाउन खोज्दै छन् ।
ऊनीहरुलाई के थाहा
यहाबाट टाढा धेरै टाढा
केन्दमा एक एर्का हुल छन्
जो यिनिको अधिकार भन्दै
यीनका अनुवारमा
हिम्सा रोप्न खोज्दैछन्
यिनका अधिकारको नामना
मिहेनेती हातमा
हतियार दिन खोज्दै छन्
यिनको मिहेनतको पसिनाको ठाउमा
रगतको गन्द फैलाउन खोज्दै छन् ।
Tuesday, February 3, 2015
म एक अपवाद
हाम्रो खानदानमा सबै भलाद्मी (बिक्रम बाहेक)
हाम्रो खानदानमा सबै पढेलेखैका (बिक्रम बाहेक)
हाम्रो खानदानमा सबैले प्रगती गरे (बिक्रम बाहेक)
हाम्रो खानदानमा सबैे जना व्यहवारीक (बिक्रम बाहेक)
हाम्रो खानदानमा कोही जेल गएन (बिक्रम बाहेक)
हाम्रो खानदानमा कोहीले अदालतको तारीक काटेन (बिक्रम बाहेक)
हाम्रो खानदानमा कोहीले ड्रग लिएन (बिक्रम बाहेक)
हाम्रो खानदानमा कोही हावा बनेन (बिक्रम बाहेक)
आज हेर्छु म त अपवाद पो रहिछु
जुन खानदानमा जन्मिन नहुने
त्यहा पो जन्मेको रहीछु ।
हो अब तिम्रो छोराछोरीले चुरोट खाए
चुङगम हो भनेर मै भनिदिउला
तिम्रो छोराछोरीलाई बचाउन
मै फसी दिउला
अनी मात्र तिमी मलाई फेरी
अपवादमा राख्न सक्छौ
तिम्रो छोराछोरीको गुणगान गाउन
मलाई गिराउन पाउछौ
तिम्रो छोराको गिलासमा
भएको रक्सीलाई
स्प्राइट हो भनुला
मेरो स्प्रइटलाई चाही रक्सी
अनी फेरी अपवाद बनुला
मेरो संगतले तिम्रो छोरा बिग्रयो रे
अबबाट म संग नहिड्न भन
घरलाई नै जेल बनाई
त्यही थुनी राख
जे भन जती भन मलाई असर छैन
एउटा टुटेको गिलासलाई
कति पटक नै टुटाउन सक्लाउ र ?
त्यही पनि सुभकामना तिमीलाई
प्रयास सधै जारी राख
------------------------------------------
(समयले कोल्टे फेरछ क्यारे)
खुशी छ मलाई जे गरे
सधै खुलेयाम गरे
तर सबै कुरा समयमा नै गरे
न त खोक्रो सर्टिफिकेटको
अहङ्कार छ मलाई
न त कसले के भन्ला भन्ने डर
तिमी मध्यको छोरा जस्तो
लुकेर सुधार गृह पनि बसिना
राती लुकी लुकी
जाँड धोक्दै अरुकोमा कहिले सुतिन
हिम्मत छ भने मेरै आमालाई
मै संग कागज गर भन्नेहरु
पर्दा निकाल
साचो कुरा ओकाल
नत्र अरुलाई भ्रममा राखैछु भन्ने
भ्रमले तिमीलाई नै खान्छ
तिमी मेरो बिग्रेकोमा खूशी छौ होला
तर म तिम्रो बनेकोमा
त्यही नै भेद छ तिम्रो र मेरो बिचमा
त्यसैले त म अपवाद !!
त्यसैले त म बिकल्पहिन बिकल्प !!
एउटा बिधवाको चिठी
प्रिय,
जुन दिन तिमी गयौ
त्यही दिन मेरो
चुरा फुट्यो
सिउदो पुछीयो
रातो लाउने सपना टुट्यो
अनी जिन्गदी नै लुटियो
प्रिय ,
दिन बित्दै गयो
घरमा छोरो खाने
अलछिनाई भन्न थालियो
राणी राणिको अपशब्द सुन्न पर्यो
प्रिय,
फेरी पनि सहनु नै थियो
सहदै बसे
एकदिनको कुरा रातीको मध्यरातमा
म तिमीसंग थिए मेरो सपनीमा
कोही आयो ढोका ढकढकायो
बाहीर हेरेको पुरै गाउ रहिछ
फेरी आवाज आयो
यो बोक्सी हो भनी
मलाई पिटियो
पहिला हातले
अनी लातले फेरी दाउरै दाउराले
फेरी घर छेउको बोटमा बानेर
पिट्न सुरु गरीयो
मेरो संबेदशिल अंग अंग समेत नछोडेर,
रोए कराए
तर कसैले सुनेन बरु
फर्कियो मेरै आवाजपारी
पारीको डंडामा टोकीएर
प्रिय
बस्न सकीन घरमा
छोरीलाई काखमा च्यापी
हिडे घर नै छाडी
कहाँ हो कहाँ
तर भाग्ये डोराएको ठाँउमा
प्रिय,
काम त पाए एक
तर फेरी एक दिन
साहुलले जबर्जस्ती गर्यो
यो राणीको नभाएको
ईज्यत रागताम्य हुनेगरी लुट्यो
प्रिय ,
काम छोडे
सहर पसे
थर थाहा नै नपाई
राणी संगै आफु कहिले रण्डी पनि बने
प्रिय,
छोरी सानी छे
उसलाई के असर परेको छ होला
उसकी आमाले शरीर बेचीरहेको बेला
मलाई सोच्दा पनि आँसु आउछ
तर म बाध्य छु प्रिय
न मर्न सकेकी छु न बाच्न
प्रिय,
जब म मर्नेछु
तिमी भएको ठाउमा पुग्ने छु
कतै तिमीले पनि मलाई
रण्डी भनेर त्याग्ने त होईन ?
हो प्रिय मलाई डर छ
तिम्री उही सति जाननसकेकी राणी !!!
Wednesday, January 21, 2015
Osho Jetban ( A piece of heaven landed to earth )
It was
early morning of 12th February 2013 I was so excited since last night.
Even in my dream I had seen the imaginary pictures of Osho Jetban Commune. The
day went on with all household works. And it was around 3 pm I finished my all work,
packed all my clothes and necessary thing and left home towards Jetban.
It was
around an hour journey on bus and I reached to Lumbini the place where Lord
Gautam Buddha was born. And it takes me few minute to find the way towards
Jetban and finally I saw a board and followed it.
I don’t know
why I felt little odd to after entering commune it was all happened because of
my expectations. Before I’d been to Tapoban many times and saw many sanyassin
over there and did imagine same about jetban but I was wrong I saw only a guy,
a young guy in maroon robe and no hair on his head. When I first enter he greet me with smile and told his name was swami Deep. He
did all my registrations for the camp and shows me the room.
When I was
about to enter to the room I saw 2 moving vehicles coming towards the commune.
I just stop my feet and wait to see who is coming. There were 2 cars which
stopped just beside the meditation hall. I saw an old man in orange robe coming
out of the car and everybody in commune gather to welcome him and I too followed
them. When I reach near to that old man still today I can’t believe in myself
something happens to me in deep. I felt like this is the person whom I was
seeking from long and long time. Yes, he was bodhisatto Swami Anand Arun .
That night the
camp began and very next day many Osho disciples from Nepal join the camp. The
camp was almost fun and it lasts for three days long and it was 15th
February 2013 when Osho choose me as his disciples and put me mala via bodhisatto
Swami Anand Arun
![]() |
| Osho Jetban Commune |
.
Well above all were just my starting experience
about Osho Sanyas and first camp at Osho jetban. Since then life is changed in
whole. Even When I look back now every turning point of my life happened in Jetban.
So, Jetban is my home because my heart always lies inside Jetban even when I’m
far from the commune.
There are many people, place and things about
whom/which we can’t describe in words
and somehow our stupidity try to describe about them, also it may be our ego
that we write about those people place and things. And I know I m becoming both
of them but my pen moves on.
Osho jetban
itself is a Buddha field located 2 kilometer from the Mayadevi temple (The
place where Lord Gautam Buddha was born). Every year people from more than 25
country comes here for meditation and to enjoy the energy of Buddha field and
Swami Ji (Arun Swami ji ) conducts two or three camps here every year to charge
the energy .
The
best part of Jetban Which I feel after meditation is the view of everyday
sunrise and sunset which is helping to make this Buddha feild more divine. Also
the silence which we can feel inside the commune is the silence that can be
found rarely. Even the blowing wind passing through the commune brings
different vibration inside us.
If you are
reading this article then I would like to request you please visit Osho Jetban
Commune atleast once so then you can believe on your own experience about the Buddha
field. It is not earth it is a piece of heaven which was landed to the earth by
god. My humble thanks goes to Arun Swami ji without him motivation this heaven
wouldn’t be created. My humble thanks goes to Swami ji again who spend his
whole life doing the work of Osho and awakening people about the truth. Swami
ji is hero for me who surrenders all his life for bhagwan and shows the way for
blind people like me and swami ji is my
master my god and everything.
Please friend I request you again be here (Osho Jetban Commune ) atleast
once. Who knows one Buddha was born here ( Gautam Buddha ) and another Buddha (you)
may start your journey towards truth from this paradise.
Jay Osho
Jay Arun Swami ji
God Bless Us All
Subscribe to:
Comments (Atom)
